६४ अंकले घटेको बजारमा यी हुन् कमाउने पाँच कम्पनी

<p>काठमाडौं, १२ मंसिर । आइतबार नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको बजारमा नेप्से परिसूचक ६७ दशमलब ५५ अंकले ओरालो लागेको छ । बजार बन्द हुँदा परिसूचक घटेर १४६९ दशमलब ४८ अंकमा झरेको छ । सो दिन १२८ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर ९२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । बजार भारी [&hellip;]</p>

काठमाडौं, १२ मंसिर । आइतबार नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको बजारमा नेप्से परिसूचक ६७ दशमलब ५५ अंकले ओरालो लागेको छ । बजार बन्द हुँदा परिसूचक घटेर १४६९ दशमलब ४८ अंकमा झरेको छ । सो दिन १२८ कम्पनीको १४ लाख ५९ हजार कित्ता सेयर ९२ करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

nepse_sunday

बजार भारी अंकले ओरालो लाग्दा जम्मा ५ कम्पनीले केही मात्रामा कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । सो दिन बैंकको प्रतिकित्ता सेयर २५२ रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै, एनबी इन्स्योरेन्स, ओरियन्टल होटल, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र तिनाउँ डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ३.८८, १.८४, ०.४२ र ०.२५ प्रतिशत कमाएका छन् ।

कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ ।

नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार सुरु गरेको छ । नेप्सेका सबै समूहको सेयर कारोबार घटेको हो । होटल समूह ७।०२ प्रतिशतले ओरालो लागेको छ भने अन्य समूह पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

Share News