दोहोरो कर असुली–ट्याक्टर व्यवसायी आन्दोलित

<p>इटहरी, १२ मंसिर । मोरङ जिविसले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका हुन् । उत्खनन गर्दा र निकासी गर्दा [&hellip;]</p>

इटहरी, १२ मंसिर । मोरङ जिविसले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका हुन् ।tax-190x122

उत्खनन गर्दा र निकासी गर्दा पनि दुईपटक मूल्य अभिवृद्धि कर लिएको कोसी ट्याक्टर सङ्घका अध्यक्ष शिवराज दाहालले गुनासो गर्दै ढाट क्षेत्रमा सयौँ ट्याक्टर रोकेर साङ्क्ेतिक आन्दोलन थालिएको बताए ।

मोरङको सुन्दरदुलारी नगरपालिकाको बलियामा ढाँट राखेर खोलाबाट ढुङ्गागिट्टी र बालुवा निकासी तथा उत्खननमा ८४ घनमिटरको हिसावले कर लिनुपर्नेमा ट्याक्टर वा ट्रकको बाहिरी भाग नापेर एक सय पाँच घनमिटरको हिसावले बढी कर लिने गरेको पनि उनको आरोप छ ।

अर्का ट्याक्टर व्यवसायी नवराज पौडेलले जाँच चौकीमा बस्ने कर्मचारीले रु एक सय ७७ को रसिद काटेर दुई सय रुपैयाँ असुल गर्ने र रसिद चाहिँ एक सय ७७ रुपैयााको मात्र दिने दिएर आफूहरुलाई हैरान पार्ने गरेको छ भने ।

एउटा ट्याक्टरबाट रु ८४ एक स्थानमा मूल्य अभिवृद्धि कर लिनुपर्नेमा रु एकसय पाँच लिइ अर्को स्थानमा निकासी करमा पनि मूल्य अभिवृद्धि करको नाममा एक सय पाँच रुपैयाँ लिएर एक सय २७ बढी कर असुल गरिरहेकोतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष दाहालले जोड दिए ।

मोरङ जिविसले खोलाजन्य वस्तु उत्खनन र निकासीको ठेक्का लगाइसकेको तर सुनसरी जिविसले भने ठेक्का नलगाएका कारण निर्माण कार्यमा प्रतिकूल असर परिरहेको छ भन्दै अर्का व्यवसायी गणेश गौतमले निकासी कर अवैध भएको बताए ।

सुनसरीको बूढी, बगुवा र बाघ, सेउती सर्दू, पटनाली खोला लगायतबाट खोलाजन्य वस्तुको उत्खनन र ओसारपसार हुँदै छ भने मोरङको गछिया, लोहान्द्रा, चिसाङ खोला लगायतत्यसता वस्तु उत्खनन र निकासी हुने हुँदै आएको छ ।

यी दुवै जिल्लाका खोलामध्ये सुनसरी जिल्लाको खोलाबाट असोजदेखि नै उत्खनन र निकासीको ठेक्का लगाई सक्नुपर्नेमा वन कार्यालय र जिल्ला विकास समितिबीचको रस्साकस्सीका कारण ठेक्का लगाउन ढिलाइ भएको सुनसरी जिविसले जनाएको छ ।रासस

Share News