अस्ट्रेलियामा आयोजित ‘नेपाल फेस्टिभल सिड्नी’ सम्पन्न

<p>काठमाडौं, १२ मंसिर । अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल सिड्नी शनिबार सम्पन्न भएको छ । सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभलको यो छैठौ संस्करण हो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले सबै अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गरेका थिए । नेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय [&hellip;]</p>

काठमाडौं, १२ मंसिर । अस्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिभल सिड्नी शनिबार सम्पन्न भएको छ । सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभलको यो छैठौ संस्करण हो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले सबै अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गरेका थिए ।

nepal_festival_at_sednyनेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथि, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरु, क्षेत्रीय संयोजकहरु, केन्द्रिय सल्लाहकारको उपस्थितिमा सम्पन्न यस महोत्सबमा अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका उच्च तहका प्रतिनिधिहरुको उपस्थिति थियो । पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हर्बरमा प्रभात फेरिबाट सुरु भएको कार्यक्रम तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो ।

अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका काउन्सिलरहरु उपस्थित उक्त कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले आजको यो सबैको उपस्थिति नेपाली काला संस्कृति झल्कने विविध प्रस्तुतिहरु र खान पिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको र यो नै अस्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताएका थिए ।

एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको उक्त कार्यक्रममा नेपाल समुदाय पनि अस्ट्रेलियाको एउटा महत्व पूर्ण समुदाय रहेको संदेश सबैमा जाने विश्वास राखेका छन् । यसै गरी मातृभुमी प्रती पनि अझै बढी कर्तब्य निस्ठ हुनु पर्ने भन्दै भुम्कम्पीडित हरुको नियती २ बर्ष सम्म पनि उस्तै रहेकाले एन आर एन तदारुकताका साथ पुनर्निर्माण मा जुट्नु पर्ने बताए । एन आर एनले प्रतिबधध्ता गरेको १००० घर निर्माण का लागी निर्माण को क्षेत्र मा अनुभव भएका गैर आबाशिय नेपाली हरु लाई सहयोग को लागी अनुरोध गरेका छन् । आफु ले भर्खेर लाप्राक को भ्रमण गरेको अनुभव सुनाउदै पीडित हरु को मुहार मा खुशी ल्याउन एन आर एन ले कुनै कसर बाकी नराख्ने बताएका छन् ।

नेपाल फेस्टिबलको प्रमुख आकर्षण बनेको नेपाल हाउसको अबलोकनको क्रममा उनले एन आर एन ए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलियाको काम को प्रशंशा गर्दै आफ्ना कार्यहरुलाई निरन्तरता दिनको लागी निकुञ्जलाई अझै सकृय हुन आग्रह गरेका छन् ।
प्रमुख अतिथि माननिय मन्त्रि महतले नेपालीहरुले यहाँ सिकेको शिप, ज्ञान र अर्थलाई आफुलाई पायक पर्ने सुबिधा हुने किसिमले जुन सुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गरेका छन् ।

मन्तब्यका क्रममा महतले देशले राजनीतिक उतार चडाव बाट पार गरि बिकाश निर्माणमा अगाडी बढ्दै गरेकोले पनि विदेशमा बसेका नेपालीहरु को ठुलो योगदान रहने बताएका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आवासीय नेपालीहरुको चाहानालाई आन्तरिम संबिधान देखि संबिधान मस्यौदा हुदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफु आबद्द पार्टी र सरकार सधै सकारात्मक रहेको बताउदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताए ।

Share News