अल्पाइनको १४ प्रतिशत बोनस दिने निर्णय, बुटवल पावरको ७ प्रतिशत बोनस स्वीकृत

<p>काठमाडौं, १२ मंसिर । अल्पाइन डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १७ लाख ३३ हजार ४३७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले [&hellip;]</p>

bonusकाठमाडौं, १२ मंसिर । अल्पाइन डेभलपमेन्ट बैंकले सेयरधनीलाई १४ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १७ लाख ३३ हजार ४३७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

बुटवल पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत भइसकेको छ । बैंकद्धारा स्वीकृत निर्णय कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी साधारणसभा यहि आउँदो पुस ८ गते हुने भएको छ । सो प्रयोजनकोलागि यहि मंसिर २० गतेदेखि पुस ८ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।

Share News