काठमाडौं, १० मंसिर । सोल्टी होटलले सेयरधनीलाई २१ दशमलब ०५२६ प्रतिशत लाभांश दिने भएको छ । होटलले १० प्रतिशत बोनस र ११ दशमलब ०५२६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय बिहीबार बसेको सञ्चालक समितिको बैठक गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यहि आउँदो पुस २५ गते हुने भएको छ । सो प्रयोजनको लागि मंसिर २७ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको सेयर कारोबार बन्द हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड ६५ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५७ करोड ९१ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको प्रतिकित्ता सेयर ३७८ रुपैयाँमा कारोबार भएको छ ।