उपत्यकामा अनुदान वितरण गर्ने बैंकहरुको नाम र शाखा टुंगो लाग्यो, कुन ठाउँमा बैंक ? सूचि हेर्नुहोस्

<p>काठमाडौं, ९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ । जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको हो । थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइनेछ । उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही [&hellip;]</p>

काठमाडौं, ९ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिका बाहेक उपत्यकाका तीनवटा जिल्लामा अनुदान वितरण गर्ने बैंकहरु टुंगो लगाएको छ ।

जिल्ला विकास समितिहरुबाट आएको सिफारिसको आधारमा प्राधिकरणले अनुदान वितरण गर्ने बैंकहरुको टुंगो लगाएको हो । थप परामर्श गरेपछि काठमाडौं महानगरपालिकामा अनुदान वितरण गर्ने बैंकहरुको पनि टुंगो लगाइनेछ ।

उपत्यकामा अनुदान वितरणका लागि प्राधिकरणले केही दिनअघि नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसियसनसँग छलफल गरेको थियो ।

यसअघि उपत्यका बाहिरका ११ जिल्लामा अनुदान वितरणका लागि प्राधिकरण र तीनवटा बैंकर्स एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले सोही अनुसार अघि बढ्न बैंकर्स एशोसियसनहरुलाई आग्रह गरेको प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

बैंकहरुको नाम र शाखा  निम्नअनुसार रहेका छन् ।

bank-lists

 

Share News