काठमाडौं, ९ मंसिर । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को महानिर्देशक लि योङ्गबीच, अष्ट्रियाको भियनामा दुइपक्षिय भेट भएको छ । भेटवार्ताको क्रममा उद्योगमन्त्री जोशीले नयाँ संविधान जारी पछिको अहिलेको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको हुँदा दिगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोग रहने अपेक्षा व्यक्त गरेका छन् ।
नेपाल सरकार अहिले औद्यागिक वातावरण तयारका लागि आवश्यक पूर्वाधार विकासमा लागि परेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । भेटको क्रममा यूएनआइडिओका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा यूएनआइडिओको सधैँ साथ रहनेमा जोड दिएको मन्त्री जोशीका प्रेस सल्लाकार प्रदीप चापागाईले जानकारी दिएका छन् ।