कान्तिपुर टेलिभिजनद्वारा सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द

<p>काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले प्रस्तुत गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम रोकिएको छ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण रोकिएको टेलिभिजनले बिहीबार सूचना जारी गर्दै बताएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादास्पद बनेको [&hellip;]</p>

काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले प्रस्तुत गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम रोकिएको छ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण रोकिएको टेलिभिजनले बिहीबार सूचना जारी गर्दै बताएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादास्पद बनेको थियो । उक्त अन्तर्वार्ताको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् व्यापक आलोचना भएको थियो । त्यसपछि टेलिभिजनले उक्त कार्यक्रमलाई युट्युवबाट पनि हटाएको थियो ।

Share News