१६ महिनामा ३ सय विदेशीलाई देश निकाला, नेपालमा विभिन्न अपराध गर्दै विदेशी नागरिक

<p>काठमाडौं ९, मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ । लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी, डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् । मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि [&hellip;]</p>

काठमाडौं ९, मंसिर । गृह मन्त्रालयले १६ महिनाको अवधिमा ३ सय विदेशी नागरिकलाई नेपाल फिर्ता हुन नपाउने गरी देश निकाला गरेको छ ।

लागूऔषध कारोबार, जाली नोट तस्करी, चोरी, डकैत, मानव ओसारपसार, अवैध कल बाइपास, सुन तस्करीलगायतका सामाजिक आर्थिक तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा उनीहरु नेपालबाट निकालिएका हुन् ।

एटीएमबाट पैसा चोरी गर्ने विदेशी नागरिक

एटीएमबाट पैसा चोरी गर्ने विदेशी नागरिक

मन्त्रालयको तथ्यांकअनुसार २०७२ साउन देखि १६ महिनाको अवधिमा ती विदेशीलाई उनीहरुकै देश फिर्ता पठाएको हो ।

अध्यागमन विभागका अनुसार आव ०७१र७२ को अवधिमा ५१ मुलुकका ३ सय २६ विदेशी देश निकालमा परेका थिए ।

प्रहरीसँगको समन्वयमा अनधिकृत रुपमा बसेका विदेशी नागरिकको खोजीका लागि निगरानी बढाइएको विभागले जानकारी दिएको छ । कारोबार दैनिकबाट ।

Share News