वैदेशिक आम्दानी अनुत्पादन क्षेत्रमा खर्च

<p>पाल्पा, ८ मङ्सिर । विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउछिन् । “गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि [&hellip;]</p>

पाल्पा, ८ मङ्सिर । विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको बताउछिन् ।remitance

“गाउँको घर जग्गा छोडेर डेरामा बसेपछि दिनहुँ अनावश्यक क्षेत्रमा खर्च भइरहेको छ,” उनले भनिन्– “समय सापेक्ष कपडा लाउनै प¥यो, टेलिभिजन हेर्नैप¥यो, श्रीमान् विदेश गएपछि राम्रो मोबाइल पनि चाहियो नै ।” छोराछोरीलाई बोर्डिङमा पढाउँदा श्रीमान्ले ्पठाएको मासिक ३० हजार रुपैयाँ रकमले घरव्यवहार चलाउन मुस्किल हुने गरेको उनको भनाइ छ ।

श्रीमान् विदेशीएपछि दुई वर्षको बच्चा बोकेर सहलकोटदेखि रामपुर झरेकी खेमकुमारी चिदी पनि दश वर्षको अवधिमा घडेरीबाहेक अरु केही सामान जोड्न नसकेको बताउछिन् । विदेशबाट पठाएको रकम घरखर्च, लत्ताकपडा, घरभाडा, मोबाइल खर्चलगायत गरेर करिब २० हजार रुपैयाँ मासिक रुपमा खर्च हुने गरेको छ ।

एउटा तथ्याङ्कअनुसार जिल्लामा यतिखेर विदेशबाट दैनिक रुपमा ५० लाखभन्दा बढी रकम भित्रिने गरेको छ । तर उत्पादनमूलक कार्यमा भने न्यून रकम लगानी हुन्छ । वैदेशिक आम्दानी घर घडेरी, घरायसी खर्च, विलासिताका सामग्री खरिदमा मात्र सीमित बनेको छ । रासस

Share News