लोडसेडि अन्त्यपछि १६ अर्ब रुपैयाँ बराबरको डिजेल बचत, व्यवसायी भए उत्साहित

<p>काठमाडौँ, ६ मंसिर । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको अन्मान गरिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी व्यसायीहरुले उक्त अनुमान प्रस्तुत गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य [&hellip;]</p>

janardan-sharmaकाठमाडौँ, ६ मंसिर । तिहारयता काठमाडौँ उपत्यका लगायत आसपासका क्षेत्रमा विद्युत्भार कटौती अन्त्य भएपछि रु १६ अर्ब बराबरको इन्धन बचेको अन्मान गरिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले आइतबार मन्त्रालयमा आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयको छलफलका सहभागी व्यसायीहरुले उक्त अनुमान प्रस्तुत गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विद्युत्भार कटौती अन्त्य गरिएपछि राजधानीमा मात्र रु १४ देखि १६ अर्ब बराबरको डिजेल बचत भएको अनुमानित तथ्याङ्क सुनाए।

उनले उद्योगमा विद्युत्भार कटौती घटेकाले राहत पुगेको र यो अभियानलाई जारी राख्न महासङ्घले पूर्ण सहयोग गर्ने बताए । उनले विद्युतको उच्च माग सम्बोधन गर्न चिनी मिलबाट विद्युत् उत्पादन गर्न सकिने जानकारी पनि दिए ।

अर्का सहभागी ज्ञानेन्द्रलाल प्रधानले समाजमा विद्युत्भार कटौती मानसिक रुपमा समेत हटेको छ भन्दै तत्कालका लागि ऊर्जा व्यवस्थापनमा सुधार गर्ने हो भने हालको मागलाई सम्बोधन गर्न सहयोग पुग्ने तर्क गरे ।

होटल सोल्टी क्राउन प्लाजा, हिमालय होटेल, एअरपोर्ट होटेल लगायतका प्रतिनिधिले विद्युत्भार कटौती अन्त्यसँगै डिजेल खर्चमा कमी आई होटललाई ठूलो राहत पुगेको बताउँदै आवश्यक परेका बेलामा होटेलसँग भएको डिजेल जेनेरेटर मार्फत सरकारलाई विद्युत् उपलब्ध गराउन आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

हाउजिङ एसोसिएसनका प्रतिनिधिले नेपाल सरकारलाई आवश्यक परेमा २५÷३० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न सकिने भएकाले अपार्टमेन्टका छत उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपाल प्रहरीका प्रतिनिधिले विद्युत् चोरीलाई पनि अन्य चोरी सरह सजायको कानुन बनाएमा प्रहरीले विद्युत् चोरी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने वचन दिए । सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिले नयाँ ब्यारेक बनाउँदा अनिवार्य रुपमा सौर्य विद्युत् राख्नाका साथै ऊर्जा बचतमा ध्यान पु¥याएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जाको माग व्यवस्थापनमा सहयोग गर्न सबैमा आग्रह गरे ।

छलफल कार्यक्रमको निष्कर्ष पेस गर्दै ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौती अन्त्य भएपछि मुलकमा पैसाको बचत हुनाको साथै शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताए । जनताका निराशाको अभियानलाई आशामा बदल्ने कार्यमा मन्त्रालय अहोरात्र लागिपरेको उनको भनाइ थियो । “विद्युत्भार कटौती अन्त्यको अभियानलाई सकारात्मक भावनाका साथ सहयोग गर्नुहोस्”, उनले भने, “तपाईंहरुको सहयोग र सद्भावबाट उत्साहित भएर नै हामीले विद्युत्भार कटौती अन्त्यको योजना अघि बढाइरहेका छौँ ।” रासस

Share News