काठमाडौं, ६ मंसिर । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो ।
प्रुडेन्सियलले बोनस वितरणपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ । चुक्ता पुँजी बढाउन कम्पनीले बोनस र हकप्रदको योजना अघि सारेको हो ।
कम्पनीको निर्णयलाई नियामक बिमा समिति र साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।