बस्तु व्यापारमा ७७ प्रतिशतले घाटा बढ्यो, तीन महिनामा २४० अर्ब रुपैयाँ देशलाई घाटा

<p>काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा बैदेशिक व्यापार घाटा ७७.५ प्रतिशतले बढी २०१ अर्ब ७५ करोड नोक्सान भएको छ । त्यस्तै कुल सेवा आय ६.४ प्रतिशतले बढेको र कुल सेवा खर्च ६.२ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. २ अर्ब ४० करोड पुगेको छ । देशले निर्यात–आयात अनुपात ८.६ [&hellip;]</p>

trade_deficitकाठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा बैदेशिक व्यापार घाटा ७७.५ प्रतिशतले बढी २०१ अर्ब ७५ करोड नोक्सान भएको छ । त्यस्तै कुल सेवा आय ६.४ प्रतिशतले बढेको र कुल सेवा खर्च ६.२ प्रतिशतले बढेको कारण खुद सेवा आय घाटा रु. २ अर्ब ४० करोड पुगेको छ ।

देशले निर्यात–आयात अनुपात ८.६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो । यो अंक जति घट्यो देशको अर्थतन्त्रका लागि त्यति नै घाटक हो ।

आर्थिक बर्ष २०७४ को तीन महिनासम्मको कुल वस्तु निर्यात १२.६ प्रतिशतले वृद्धि भई रु. १८ अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा भारततर्फ १९.९ प्रतिशत, चीनतर्फ २९.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.९ प्रतिशतले निर्यात बढेको छ ।

वस्तुगत आधारमा जुस, जुटका सामान, रोजिन, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, तयारी पोशाक, अलैची, तरकारी लगायतका वस्तुहरुको निर्यात समीक्षा अवधिमा घटेको छ ।

तर कुल वस्तु आयात ६९.१ प्रतिशतले बढेर रु. २२० अर्ब ६८ करोड पुगेको छ । समीक्षा अवधिमा भारतबाट भएको आयात ७९ प्रतिशत, चीनबाट भएको आयात ५८.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ४९.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, निर्माण सामाग्री, पेट्रोलियम पदार्थ, कृषिजन्य उपकरण लगायतका वस्तुको आयात बढेको छ भने चाँदी, कोल्डरोल सिट ईन क्वाइल, सुन लगायतका वस्तुहरुको आयात समीक्षा अवधिमा घटेको छ ।

सेवा खाताअन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २७.६ प्रतिशतले वृद्धि भई रु. ११ अर्ब ६७ करोड पुगेको छ । विप्रेषण आप्रवाह ३.२ प्रतिशतले वृद्धि भई रु. १७१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय १.५ प्रतिशतले वृद्धि भई रु. १९४ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

Share News