पर्सा, ३ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसअवधिको लागि भन्सार विभागले ३४ अर्ब ३७ करोड २२ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।
कार्यालयका प्रमूम भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार, मूल्य अभिवृद्धी करतर्फ रु १३ अर्ब १३ करोड ३८ लाख २४ हजार, अन्तः शुल्कतर्फ रु आठ अर्ब नौ करोड ६३ लाख २८ हजार तथा अन्यतर्फ रु ६१ करोड ४९ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो । आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ६१ करोड ६३ लाख ५३ हजार बढी राजस्व सङ्कलन गरेको छ । रासस