काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकले नेकपा (माओवादी केन्द्र) का सांसद डा .ल्यारक्याल लामा को सांसद पदको निलम्वन फुकुवा गरेको छ । सभामुख ओनसरी घर्तिले लामाले विशेष अदालतबाट सफाइ पाइसकेकोले उनको सांसद पदको निलम्वन फुकुवा भएको बताएकी हुन ।
सभामुख घर्तिले विषेष अदालते सफाइ दिएको पत्र संसदमा बढेर सुनाएकी थिइन् । लामालाई गत कात्तिक ३० गते अदालतले सफाइ दिएको थियो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो । बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । रासस