नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ– उपप्रधानमन्त्री महरा

<p>काठमाडौँ, ३ मङ्सिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबा चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र [&hellip;]</p>

काठमाडौँ, ३ मङ्सिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा शुक्रबा चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे ।krishna_bahadur_mahara
उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्च सम्मान प्रकट गरे । नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।
चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताए ।  सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । रासस

Share News