काठमाडौँ, ४ मंसिर । चालु आर्थिक वर्षको सेयरको आपूर्ति अधिक हुने देखिएको छ । चालु आर्थिकको प्रथम चार महिनामा मात्र १५ अर्ब ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको प्रक्रियामा छिरेको पाईएको छ । हकप्रद सेयर रकमको हाराहारीमा नै कम्पनीहरुले बोनस सेयर वितरण गरेकोले सेयर आपूर्ति ह्वात्तै बढेको देखिएको छ । त्यस्तै ५ अर्ब ९० करोड रुपैयाँ बराबरको साधारण सेयर र म्यूचल फण्ड निश्काशनको प्रक्रियामा रहेका छन् । यस अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचिकृत भएको छ ।
चालु आर्थिक वर्षमा विभिन्न २५ कम्पनीले आफ्ना सेयरधनीहरुलाई एघार अर्ब ६४ करोड रुपैयाँ बारबरको हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएका कम्पनी मध्ये सातवटा वाणिज्य बैकहरु रहेका छन् । वाणिज्य बैंकहरुले मात्र ६ अर्व ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । अनुमति पाएको हकप्रद सेयरको ५४ दशमलव ४७ प्रतिशत रकम वाणिज्य बैंकहरुको मात्र छ ।
प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई ३ः१ को अनुपातमा एक अर्व २३ करोड रुपैयाँ बराबरको बराबरको हकप्रद सेयर निष्कासको अनुमति पाएको छ । त्यस्तै सेन्चुरी कमर्सियल बैंकले १०ः३ अनुपातमा ८५ करोड बराबरको हकप्रल सेयर जारी गर्ने अनुमति पाएको हो ।
त्यस्तै सिद्धार्थ बैंकले ४ः१ अनुपातमा ७५ करोड ५५ लाख, कृषि विकास बैंकल २ः१ अनुपातमा एक अर्व ९६ करोड, हिमालय बैंकले ७ः१ अनुपातमा ६४ करोड २७ लाख, जनता बैंकले २ः१ को अनुपातमा एक अर्व ३ करोड र माछापुच्छ्रे बैंकले २ः १ को अनुपातमा एक अर्व ९३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएका हुन् ।
त्यस्तै १० वटा विकास बैंकले पनि एक अर्व ८९ करोड बरबरको हकप्रद सेयर जारी गर्नका लागि अनुमति पाएका छन् भने ७ वटा फाइनान्स तथा वित्त कम्पनीहले पनि हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएका छन् ।
यस्तै तीन अर्व ७६ करोड ७६ लाख रुपैयाँ बराबरको ११ वटा कम्पनीको हकप्रद सेयर पाइपलाईनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । त्यसमा सेन्ट्रल फाइनान्सले ४ बराबर १, कामना विकास बैंकले ४ बराबर १, अपि पावर कम्पनीले १ बराबर २, ललितपुर फाइनान्सले १ बराबर १, नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १, कंचन डेभलपमेन्ट बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन गरेका छन् ।
त्यस्तै, कैलाश विकास बैंकले ५ बराबर १, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ बराबर १, देव विकास बैंकले २ बराबर १, नेरुडे लद्युवित्त विकास बैंकले २ बराबर १, र भार्गव विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछन् ।
यसै आर्थिक वर्षमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन भएको छ । यूनाईटेड मोदी हाईड्रोपावर, अरुण कावेली र नेपाल हाईड्रो डेभलपरले मात्र साधारण सेयर निष्काशन गरेका छन् । यसै आर्थिक वर्षमा ३३ वटा कम्पनीको ३ अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर धितपत्र बोर्डमा दर्ता भएको छ ।
यसै आर्थिक वर्षमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको म्यूचल फण्ड निष्काशन भए । नविल इक्वीटि फण्ड ए अर्ब २५ करोड, एनएमवी आईव्रिड फण्ड ८० करोड र एनआईबीए प्रगति फण्ड ६० करोड रुपैयाँको निष्काशन गर्न बोर्डले स्वीकृति दिएको छ ।
त्यसैगरी २ अर्ब २० करोड रुपैयाँको म्यूचल फण्ड आउँदैछ । १ अर्ब रुपैयाँको लक्ष्मी भ्यालु फण्ड र १ अर्ब २० करोडको सिद्धर्थ इक्वीटी फण्ड निष्काशनको प्रक्रियामा रहेको छ ।
गत आर्थिक वर्ष पनि ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन भएको छ । हकप्रद सेयर ९ अर्ब ४० करोड रुपैयाँको निष्काशन भयो । बोनस सेयर २१ अर्ब ५ करोडको वितरण भयो । र, एक अर्बको म्यूचल फण्ड निश्काशन भएको थियो । बजारमा अापूर्ति बढेसँगै सेयर मूल्यमा गिरावटकाे हुन थालेकाे छ