सुकुम्बासी समस्या सधैका लागि समाधान हुन्छ : मन्त्री पाण्डे

<p>चितवन, ३ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । ऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, उनले शुक्रबार चितवनका पत्रकारहरुसँग कुराकारी गर्दै भने– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधैका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।” मन्त्री [&hellip;]</p>

चितवन, ३ मङ्सिर । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्न सरकार लागिपरेको बताएका छन् । bikram-pande-rppऐन निर्माण गरी सुकुम्बासी समस्या सधैंका लागि समाधान गर्न सकिन्छ, उनले शुक्रबार चितवनका पत्रकारहरुसँग कुराकारी गर्दै भने– “एक महिनाभित्रमा ऐन निर्माण गरेर सधैका लागि सुकुम्वासी समस्या समाधान गर्ने गृह कार्यमा सरकार लागेको छ ।”

मन्त्री पाण्डेले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरुलाई बासस्थानको व्यवस्था मिलाउन सरकार गम्भीर रहेको चर्चागर्दै सुकुम्बासी समस्या समाधानका लागि सरकारलाई सबै दलको सहयोग चाहिएको छ बताए ।  माडि बाँदरझुलाका सुकुम्बासीलाई जिल्लाको अन्य क्षेत्रमा स्थानान्तरण गर्ने काम सुरु गरिएको उल्लेखगर्दै उहाँले जिल्लाका ऐलानी जग्गाको अध्ययन गर्न मालपोत कार्यालय भरतपुरका अधिकृत हरिकृष्ण सुवेदीको संयोजकत्वमा सरकारले एक समिति गठन गरिएको जानकारी दिए ।
मन्त्री पाण्डेले जिल्लाका ६५ स्थानका ऐलानी जग्गाको अवस्थाका बारेमा अध्ययन गरेर १० दिनभित्रमा समितिले प्रतिवेदन बुझाउने र सो को आधारमा त्यहाँका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरिने बताए । रासस

Share News