रसुवागढी नाका सञ्चालनमा ढिलाइ, व्यवसायी समस्यामा

<p>काठमाडौं ३, मंसिर । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई भएको छ । आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी समस्यामा परेका छन् । गत वर्षको वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सडकको स्तरोन्नति तथा मर्मत गर्न तथा हटाउनुपर्ने ढुंगालाई बिस्फोट [&hellip;]</p>

काठमाडौं ३, मंसिर । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा ढिलाई भएको छ ।
आइतबारदेखि चार दिनका लागि केरुङ प्रवेशमा रोक लागइएको भए पनि अझै गाडी सञ्चालन नहुँदा व्यवसायी समस्यामा परेका छन् ।rasuwagadi-vansar-get

गत वर्षको वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सडकको स्तरोन्नति तथा मर्मत गर्न तथा हटाउनुपर्ने ढुंगालाई बिस्फोट गराउन चिनियाँ पक्षले आइतबारदेखि यातायात बन्द गरी काम गर्न थालेको छ।

त्यो काम सकन अझै केही दिन लाग्ने संकेत दिएको रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए । कारोबार दैनिकबाट ।

Share News