वीर अस्पताल, कान्ति र प्रशुति गृहमा टोकन प्रणाली, विरामी लाईनमा बस्नु नपर्ने

<p>काठमाडौ । वीर अस्पताल महाराजगञ्जमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले ंमंसिर १ गतेबाट लागु हुने गरि टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीहरुले मूक्ति पाउने भएका हुन । अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताए । स्वास्थ्य मन्त्री गगन कुमार [&hellip;]</p>

काठमाडौ । वीर अस्पताल महाराजगञ्जमा जचाउनको लागि आउने विरामीले अब लाइनमा बस्नु नपर्ने भएको छ । वीर अस्पतालले ंमंसिर १ गतेबाट लागु हुने गरि टोकन प्रणाली लागु गरेपछि लाइन लाग्ने झन्झन्टबाट विरामीहरुले मूक्ति पाउने भएका हुन ।

अस्पतालका नवनियुक्त निर्देशक डा.भूपेन्द्र बस्नेतले लाइन व्यवस्थापनको लागि टोकन सिस्टम लागु गरेको बताए । स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारी अस्पतालमा डाक्टरलाई जचाँउन घण्टौं लाइन बस्ने वाध्यताको अन्त्य गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिएका थिए ।

अस्पतालका निर्देशक डा. बस्नेतका अनुसार वीर अस्पतालले टोकन प्रणालीसँगै १५ दिन भित्र डिजिटल नागरिक वडापत्र समेत राखने भएको छ । वीरको डिजिटल नागरिक बडापत्रमा अस्पतालबाट पाउने सेवा सुविधाहरुको जानकारी दिइने छ । अस्पतालमा आउने विरामीले कुन रोगको लागि कुन डाक्टरलाई भेट्ने, डाक्टर आउने समय, कहाँ पैसा तिर्र्ने, कहाँ भिडियो एक्सरे, एक्सर कहाँ गर्ने, रिर्पोट लिने, ओपीडीमा कहाँ गएर जचाउने लगायतको सेवालाई डिजिटल डिस्प्लेमा देखाइने भएको छ । डिस्प्लेमा अस्पतालको इतिहास देखि हालसम्म अस्पतलले गरेका काम तथा थप सेवाको बारेमा समेत देखाइ छ ।

अस्पतालले डाक्टरको नामवाली र उपलब्ध हुने समयका बारेमा समेत जानकारी दिने गरि डिस्प्ले बनाउने योजना पनि बनाएको छ । डिजिटल वडापत्रले अस्पतालमा उपचार गर्न आउने सेवागाह्रीलाई सजिलो हुने डा बस्नेतले विश्वास व्यक्त गरे ।

वीर अस्पताल बाहेक परोपकार तथा प्रसुति गृह थापाथली, कान्ति अस्पताल महाराजगञ्ज लगायतले समेत लाईन व्यवस्थापन गर्न टोकन प्रणाली लागू गरेका छन् । मन्त्री थापाले देशभरका सबै सरकारी अस्पताललाई लाइन व्यवस्थिापन गर्न मन्त्रालय मताहतका निकायलाई समेत निर्देशन दिइ सकेका छन् ।

Share News