रामशरण महतले बन्द गराएका उद्योग र संस्थान व्यूँताउदै नविन्द्रराज जोशी, वार्षिक रू ४० अर्ब खर्च

<p>काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस नेता डा रामशरण महत अर्थमन्त्री भएको समयमा धेरै सरकारी संस्थान बेचियो, निजीकरण गरियो । सरकार उद्योग व्यापार गरेर बस्ने होइन भन्ने नीति अवलम्बन गर्दै उनले निजीकरण गराएका थिए । काँग्रेस कै नेतृत्वमा २९ वटा संस्थान बेचिए, निजी कराण भए । घाटामा रहेका उद्योग बन्द गर्ने नीति लिए । पछिल्लो [&hellip;]</p>

काठमाडौं, २ मंसिर । नेपाली कांग्रेस नेता डा रामशरण महत अर्थमन्त्री भएको समयमा धेरै सरकारी संस्थान बेचियो, निजीकरण गरियो । सरकार उद्योग व्यापार गरेर बस्ने होइन भन्ने नीति अवलम्बन गर्दै उनले निजीकरण गराएका थिए । काँग्रेस कै नेतृत्वमा २९ वटा संस्थान बेचिए, निजी कराण भए । घाटामा रहेका उद्योग बन्द गर्ने नीति लिए ।

पछिल्लो समयमा उद्योग मन्त्री नविन्द्रराज जोशी तिनै बन्द अवस्थामा रहेका सरकारी उद्योग र संस्थानहरु व्यूताउन निकै प्रयास गरिरहेका छन् । नेपाल औषधि उद्योग, हेटौडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर उद्योग लगायत बन्द अवस्थामा रहेका उद्योग राज्यको लगानीमा चलाउने भनेर लागी परेका छन् । जाेशी पनि नेपाली कांग्रेसका नेता हुन् ।
joshi_mahat

२०४६ सालपछि २६ वटा सरकार बने र विगठन भने । हरेक सरकारले सार्वजनिक संस्थान आफ्नै सोच र तरिकामा चलाउने प्रयास गर्दै आएका छन् । हरेक सरकारको नीति तथा कार्यक्रमदेखि बजेटसम्म यस्ता सार्वजनिक प्रतिष्ठानहरुले राम्रै स्थान पाएको हुन्छन् र अर्बौ रुपैयाँ बजेट विनियोजन पनि गर्छन ।

तर जब सरकार फेरिन्छ, तब पुराना नीति फेरिन्छ । एउटा सरकार पुँजीबादी र उदारबादी अर्थनीतिको कुरा गर्छ । अर्को सरकार माजवाद्मुखी र साम्यबाद मुखी अर्थनीतिको कुरा गर्छ ।

सरकारले ठोस र दीर्घकालिन नीति लिन नसकेकै कारण सार्वजनिक संस्थान सञ्चालन गर्ने तालुक मन्त्रालयहरुले आ–आफै मुरली बजाइ रहेका छन् । र, यस्ता प्रतिष्ठानले दिनप्रतिदिन राज्यको दायित्व बढाउँदै लगेको छन् ।

जनतालाई लक्षित सेवा पनि दिन नसक्ने र राज्यको दायित्व मात्र बढाउने यस्ता संस्थान तत्काल खारेल गर्नु बताउँछन् सरकारी संस्थानहरु सुधारका बारेमा विभिन्न जिम्मेवारीमा लिएर काम गरिसकेका पूर्व सचिव तथा सार्वजनिक संस्थान निर्देशन बोर्डको पूर्व अध्यक्ष विमल वाग्ले ।

एउटै प्रकृति काम गर्ने संस्थानहरुलाई मर्ज गरिने नीति चालु बजेटमा उल्लेख छ । सरकारले यस्ता प्रतिष्ठानलाई कार्यक्षेत्रका आधारमा व्यापारिक, वित्तीय, उत्पादनमूलक, पूर्वाधार निर्माण र सेवामूलक गरी ५ वर्गमा विभाजन गर्न बताएको छ । समान प्रकृतिका संस्थानहरूलाई एउटै छातामुनि राखेर सञ्चालन गर्दा खर्च कम लाग्नुका साथै व्यापारमा पनि सहजता आउने अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले बताए ।

‘नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेशन, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थानलगायत ६ ओटा सार्वजनिक संस्थानको उद्देश्य व्यापार गर्ने भए पनि ती फरकफरक ढंगले सञ्चालन भइरहेका छन्’ उनले भने, ‘यी सबैलाई एउटै छातामुनि राखेर सञ्चालन गर्दा राज्यको व्ययभार कम लाग्छ ।’

राज्यको कल्याणकारी भूमिका निर्वाह गर्न सन् १९६० को दशकपछि नेपालमा स्थापना गरिएका सार्वजनिक संस्थानहरूको भूमिकाबारे ९० को दशकपछि व्यापक प्रश्न उब्जँदै आएको छ ।

२०४७ सालसम्म देशभरी ६६ वटा यस्ता प्रतिष्ठान थिए । ३७ वटामा सार्वजनिक संस्थानहरु छन् । २९ वटा संस्थान निजीकरण भए । निजीकरण गरिएका संस्थानहरुले पनि उदेश्य अनुसार काम नगरेको वाग्ले बताउँछन् । ‘निजीकरण गर्दाका सर्तहरु कुनै पनि कम्पनीले पालना गरेका छैनन्, अधिकांश बन्द छन्, केही बेचिएका छन्, केही बन्द छन्, केहीको अस्थित्व समेत छैन’ वाग्लेले भने ।

भएका सार्वजनिक संस्थानहरुको प्रभावकारी नहुनु वा घाटामा जानु वा लक्षित सेवा प्रदान गर्न नसक्नुको मुख्य कारण २०४६ सालको परिवर्तनपछि प्रायः सबै संस्थान राजनीतिक भर्ती केन्द्र बनाउनु हो ।

उचित मानव संशाधन तथा व्यवस्थापन नीतिबिना नै व्यापक कर्मचारीहरू भर्ती गरिएका कारण ती कर्मचारीको नियमित तलब भत्ताबाहेक सेवानिवृत्त भएपछि उपदान, औषधि उपचार, बीमा, बिदाको रकमजस्ता विभिन्न शीर्षकमा दिनुपर्ने सेवा सुविधाले सरकारको दायित्व बढ्दै गएको विभिन्न अध्ययन प्रतिवेदनहरुको निष्कर्ष छ ।

आफ्नो सञ्चालन खर्चसमेत धान्न नसकेका कारण सरकारमाथि संस्थानहरूले वर्षेनी साढे २ अर्बदेखि ३ अर्बसम्मको व्ययभार थपिदै आएका छ । अहिले ३७ संस्थानहरूमा कुल कर्मचारी संख्या २६ हजार ८९ छ ।

ती मध्ये अधिकांश घाटामा छन् । सरकारी अनुदानले समेत नपुगेर कतिपय संस्थानहरूले त आफ्ना कर्मचारीलाई तलबभत्ता ख्वाउन, कार्यालय सञ्चालन खर्चका लागि समेत सरकारबाट ऋण लिइरहेका छन् । नेशलन ट्रेडिङ लगातय केहीले सरकारी संम्पत्ति धितो राखेर निजी बैंकबाट कर्जा लिएर तलव भत्ता खाईरहेका छन् ।

अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाअन्तर्गतको निजीकरण एकाइले करिब ३ वर्षअघि गरेको एक अध्ययनले संस्थानहरूमा यही अवस्था रहेमा केही वर्षमै संस्थानका कर्मचारीको सेवा सुविधाका लागि रू.४० अर्ब खर्च हुने प्रतिवेदन बुझाएको थियो ।

राज्यलाई भार थप्ने संस्थानलाई ‘सेतो हात्ती’का संज्ञा दिदै वाग्ले भन्छन्–जनताले तिरेको करको दुरुपयोग गरेर यस्था संस्थान चलाउनु नै राज्यको गम्भिर गल्ती हो । निजीकरण, विघटन वा सेयर विनिवेश माध्यमबाट संस्थानलाई व्यवस्थित दिईएको सुझावहरु जिम्मेवार निकायले थन्याएको उनको भनाई छ ।

Share News