नेपालीसँग रहेको भारु ५०० र १००० साट्न सरकारलाई निर्देशन, भारत सकारात्मक: अर्थमन्त्री

<p>काठमाडौं, २ मंसिर । व्यवस्थापिका संसदको अर्थ समितिले नेपाली नागरिकसँग रहेको ५०० र १००० दरका भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ मन्त्री कृष्ण बहादुर महरा र नेपाल राष्ट्रका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितीमा बसेको अर्थ समितिको बैठकले भारत सरकारसँग समन्वय गरेर नेपाली नागरिकसँग रहेको बैध भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन [&hellip;]</p>

artha_samitiकाठमाडौं, २ मंसिर । व्यवस्थापिका संसदको अर्थ समितिले नेपाली नागरिकसँग रहेको ५०० र १००० दरका भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । अर्थ मन्त्री कृष्ण बहादुर महरा र नेपाल राष्ट्रका गभर्नर डा. चिरञ्जिवी नेपालको उपस्थितीमा बसेको अर्थ समितिको बैठकले भारत सरकारसँग समन्वय गरेर नेपाली नागरिकसँग रहेको बैध भारतीय रुपैंयाँ साट्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘नेपाली नागरिकले दुःख गरेर जोडेको पाँच सय र एक हजार दरका बैध नोट साट्ने व्यवस्था मिलाउनु नेपाल सरकारको कर्तव्य हो, जनताले आर्जन गरेको रकमको सुरक्षाका लागि सटहीको व्यवस्था मिलाउन नेपाल सरकार, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइन्छ’, समिति बैठकको निर्णय सुनाउँदै सभापति प्रकाश ज्वालाले भने ।

समितिको बैठकमा बोल्ने सबै जसो सांसदहरुले नेपाली नागरिकसँग रहेको पाँच सय र एक हजार दरका बैध भारतीय नोट साट्ने व्यवस्था गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । पुर्व अर्थमन्त्री डा. रामशरण महतले नोट सटहीका लागि सरकारले आवश्यक लबिङ गर्न ढिलाई गरेको आरोप लगाएका थिए । त्यस्तै, पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले पनि भारु नोट सटहीका लागि सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए । दुबै जना पुर्व अर्थमन्त्रीले २५ हजारको सिमा नतोकी श्रोत खुलेको रकम सटहीको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

बैठकमा अर्थमन्त्री कृष्ण बहादुर महराले भारतीय अर्थमन्त्रीसँग आफुले फोनमा कुरा गरेको र नेपालको चाहना अनुसार नोट सटहीको सुबिधा दिन उनी तयार रहेको जानकारी गराएका थिए ।‘भारतीय अर्थमन्त्रीले नेपाली नागरिकको हितलाई मध्यनजर गर्दै ५०० र १०० दरका भारतीय नोट साट्ने व्यवस्था मिलाउन आफु तयार रहेको बताउनुभएको छ’, अर्थमन्त्री महराले बैठकमा भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले समेत भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरिहेको जानकारी गराएका थिए ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले रिजर्भ बैंक अफ इण्डियाका गभर्नर अजित पटेलसँग दैनिक २/३ पटक कुरा गरिरहेको जानकारी गराएका थिए । आरबिआईका गभर्नर पटेलले नेपालमा रहेका ५०० र १०० दरका भारतीय नोट साट्ने कुरा आफ्नो हातमा मात्रै नरहेकाले उच्चस्तरमा कुटनीतिक लबिङ गर्न सुझाएको पनि बताएका थिए । नेपालको बैंकिङ प्रणालीमा सो दरका भारतीय नोट ३ करोड ६० लाख ९० हजार मात्रै रहेको पनि उनले जानकारी गराएका थिए ।

Share News