काठमाडौं, १ मंसिर । आन्तरिक राजश्व बिभागले पांचौं राष्ट्रिय कर दिवसको अबसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर दाखिला गरे बापत कदर स्वरुप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको छ । पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा बैंकले यस सम्मानआर्थिक बर्ष २०७१/२०७२ मा“सहकारी संस्था (क्षेत्र) तर्फ’’ सबैभन्दा बढी आयकर दाखिला गरे बापत प्राप्त गर्न सफल भएको हो, सो सम्मान उपस्थित विशिष्ट अथिति तथा पदाधिकारीका बीच अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका प्रवन्ध संचालक के.वि. उप्रेतीलाई प्रदान गरेका छन् ।
राष्ट्रको तिनखम्वे अर्थनीति मध्येको एक सहकारी क्षेत्र भएकोभन्दै उप्रेतिले भने–बैंकले प्राप्त गरेको यो सम्मान देशका सम्पूर्ण सहकारी संघ÷संस्थाको पनि भएकोले सम्पूर्ण सेयर सदस्यहरु तथा सम्पूर्ण सहकारी क्षेत्रलाई बधाई ज्ञापन गर्दछु ।’