स्वर्गीय पत्रकार न्यौपानेको सन्ततिका लागि नेजाको सहयोग

<p>अमेरिका, १ मङ्सिर । उपचारको क्रममा हालै निधन भएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार सङ्घ(नेजा)ले आर्थिक सहयोग सङ्कलन गरेको छ ।  हालसम्म रु ११ लाख सङ्कलन गरेको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिए । सङ्कलन गरिएको रकम न्यौपानेका सन्ततिका नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा खर्च गरिनेछ । सङ्कलन भएको रकम नेपाल पत्रकार महासङ्घमार्फत [&hellip;]</p>

sanjay-neupaneअमेरिका, १ मङ्सिर । उपचारको क्रममा हालै निधन भएका पत्रकार सञ्जय न्यौपानेको सन्ततिका लागि नेपाल–अमेरिका पत्रकार सङ्घ(नेजा)ले आर्थिक सहयोग सङ्कलन गरेको छ ।  हालसम्म रु ११ लाख सङ्कलन गरेको नेजाका अध्यक्ष भोला आचार्यले जानकारी दिए । सङ्कलन गरिएको रकम न्यौपानेका सन्ततिका नाममा मुद्दति खाता खोलेर उनीहरूको शिक्षामा खर्च गरिनेछ ।

सङ्कलन भएको रकम नेपाल पत्रकार महासङ्घमार्फत चाँडै नै न्यौपानेको परिवारलाई हस्तान्तरण गरिने नेजाद्वारा गठित सहयोग सङ्कलन समितिका संयोजक नारायणप्रसाद सापकोटाले बताए ।  आर्थिक पत्रकार समाजका पूर्वउपाध्यक्ष तथा आर्थिक दैनिक कारोबारका पूर्वसम्पादक न्यौपानेका एक छोरा र एक छोरी रहेका छन् ।

Share News