एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयर दिने, बोनसपछि ३३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

<p>काठमाडौं, १ मंसिर । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको २४७ औ बैठकले ७० प्रतिशत बोनस दिएपछि करिव ३३.३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन आवश्यक हुन्छ । बैंकले गत आर्थिक [&hellip;]</p>

काठमाडौं, १ मंसिर । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको २४७ औ बैठकले ७० प्रतिशत बोनस दिएपछि करिव ३३.३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदन आवश्यक हुन्छ ।
everest-bank
बैंकले गत आर्थिक वर्षको नाफाको साथै विगतका वर्षको संचितिबाट उक्त नाफा वितरण गर्न लागेको हो । बैंकको सेयर बुधबार प्रति कित्ता ३७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

२ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ नाफा गरेको थियो । राष्ट्र बैंकको नियम अनुसार बैंकले हरेक वर्ष नाफाको कम्तिमा २० प्रतिशत संचित कोषमा जम्मा गर्नुपर्छ । त्यस आधारमा बैंकले गत वर्षको नाफाबाट बढीमा ५० प्रतिशत नाफा बोनस सेयर दिन सक्थ्यो ।

तर एभरेष्ट बैंकले अघिल्ला वर्षहरुको नाफाबाट केही फ्रि रिर्जभ राख्दै आएकोले सोही कोषबाट यस वर्ष बढी बोनस दिने निर्णय गरेको बैंक उच्च स्रोतले बतायो । हाल यस बैंकको संचित कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ छ ।

आगामी असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । ७० प्रतिशत बोनस सेयर जारी गरेपछि पनि बैंकको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रुपैयाँ मात्र हुनेछ । बोनस सेयर निश्काशनपछि ३ बराबर १ अर्थात करिव ३३ प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णय गरेको छ । त्यसमा चालु अावकाे नाफाले बैंककाे सेयर पुँजी ८ अर्बभन्दा बढी हुनेछ ।

बैंककाे याे निर्णयसँगै मर्जर तथा एक्विजशनकाे सम्भावना टरेर गएकाे छ ।

Share News