काठमाडौं, १ मंसिर । कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एटान्सोभलाई सिआइवीले पक्राउ गर्यो । नक्कली एटीएम कार्ड प्रयोग गरेर रकम चोरी गरेको अभियोगमा उनलाई सिआइवीले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य व्यक्तिहरु पनि यस कार्यमा संलग्न छन् भन्ने कुरा सिआइवीले थाहा पायो र एटीएमबाट हुने चोरी रोक्नका लागि टोली खटायो ।

सोही टोलीले कात्तिक १९ गते फेरी पूर्वी युरोप रोमानीयाका तीन जना नागरिक घायटा हुजुम, आसिफ मोरारु र एलेक्स क्रिस्चियनलाई पक्राउ ग¥यो । उनीहरुलाई दरबारमार्ग, ठमेल लगायतका स्थानबाट एटीएम ह्याक गरी रकम चोरी गरेको आरोपमा सिआइवीले पक्राउ गरेको थियो ।
त्यसको एक हप्ता पनि बित्न नपाउँदै कात्तिक २५ गते फेरी पूर्वी युरोप टर्कीका दुई नागरिक मुहरम आजन र सल्लहटिन यवरलाई सिआइवीले पक्राउ गर्यो । सोधपुछपछि सिआइवीले थाहा पायो एटीएम कार्डको डाटा र पिन नम्वर चोरीमा संलग्न यी ६ जना पूर्वी युरोपियन नागरिक एउटै अन्तराष्ट्रिय गिरोहका सदस्य रहेछन् ।
माथिका यी घटनाबाट के प्रष्ट हुन्छ भने नेपालमा एटीएम कार्डको प्रयोग सुरक्षित छैन । यसरी नेपालीहरुको पैसा कति चोरी भएको होला ? यहिलेसम्म एकिन भएकाे छैन । तर जिम्मेवार सरकारी अधिकारीहरूकाे भनार्इ अनुसार स्थिति निकै डरलाग्दाे छ ।
गत आइतबार नेपाल राष्ट्र बैंकको गभर्नर डा चिरञ्जीवि नेपालसँगको अन्तरवार्ता दी हिमालयन टाइम्स पत्रिकामा प्रकाशित भएकाे छ। नेपालका विदेशी मुद्र अभाव हुनुको कारणबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा गभर्नर नेपाल विभिन्न कारण बताएका छन् । त्यसको शुरुमा नै गभर्नर नेपालले भनेका छन्–एटीएमको प्रयोग गरी सर्ब साधारणको खाताबाट पैसा निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ । उनीहरुले सर्बसाधारण नेपालीका बैंक खातामा रहेको निक्षेप निकाल्ने र मनि एक्स्चेजञ्ज काउण्टरमा गएर साट्न र डलर लिएर विदेश जाने गरेको पाइयो । यसले बजारमा डलरकाे अभाव भयाे ।
एटीएमको प्रयोग गरी सर्ब साधारणको खाताबाट पैसा निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरिरहेको छ । उनीहरुले सर्बसाधारण नेपालीका बैंक खातामा रहेको निक्षेप निकाल्ने र मनि एक्स्चेजञ्ज काउण्टरमा गएर साट्न र डलर लिएर विदेश जाने गरेको पाइयो । यसले बजारमा डलरकाे अभाव भयाे ।
गभर्नर नेपालले भनाईले के संकेत गरिरहेको छ भने सर्बसाधारणको पैसा यति ठूलो परिणाममा चारी भएको छ कि अर्थतन्त्र नै संकटमा परिरहेको छ । विदेशी मुद्रा व्यवस्थापन गर्न समेत राष्ट्र बैंकलाई हम्मे हम्मे परेको छ । नेपालभित्र देखिएकाे डलर अभावकाे समस्या समाधान गर्न राष्ट्र बैंकले यसै साता १ कराेड डलर सिंगापुरबाट २० लाख रूपैयाँ खर्च गरेर ढुवानी गरी ल्याएकाे छ ।
कार्डको प्रयोग बढ्दो
पछिल्लो दशकमा नेपालमा एटीएमको प्रयोगकर्ता ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १ हजारभन्दा बढी एटीएम मेसिन सञ्चालनमा ल्याएका छन् । ४६ लाखभन्दा बढी डेबिट कार्ड, ५२ हजार भन्दा बढी क्रेडिट कार्ड तथा ८२ हजारभन्दा बढी प्रिपेड कार्ड जारी गरिसकेका छन् ।
एकतर्फ बैंक तथा वित्तीय संस्थाले यसरी एटीएम कार्ड जारी गर्दै गइरहेका छन् भने अर्कोतर्फ एटीएम कार्डको सुरक्षामा भने पटक्कै ध्यान दिएका नेपाल राष्ट्र बैंकको आरोप छ । राष्ट्र बैंकले बैंकहरुलाई विद्युतीय कारोबारलाई सुरक्षित बनाउने पटक पटक निर्देशन दिदै आएको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन अनुसार नेपालमा भित्र्याइएको एटीएम मेसिन पछिल्लो अत्याधुनिक मेसिन हो । जुनसुकै देशमा पनि यही टेक्नोलोजी भएको मेसिनको प्रयोग भइरहेको छ । अन्य देशका नागरिक भन्दा नेपालका नागरिकले एटीएम कार्डको प्रयोग गर्दा लापरबाही अपनाएका कारण पनि एटीएमबाट सहजै रकम चोरी हुने गरेको महर्जनको भनाइ रहेको छ ।
“एटीएम कार्डको प्रयोग गर्ने प्रयोगकर्ताले पहिले आफूले प्रयोग गर्ने एटीएम मेसिनमा राम्रोसँग हेर्नुपर्छ, कसैले नदेख्ने गरेर पिन कोड हान्नु पर्छ, पैसा आएपछि राम्रोसँग लगआउट नभएसम्म हिडनु हुदैन र रकम आएको स्लीप त्यत्तिकै फ्याक्नु हुदैन, त्यसलाई च्यात्नुपर्छ ।”
एटीएम प्रयोगकर्तामा जनचेतना कम भएकोले समस्या देखिएको उनको तर्क छ । एटीएम प्रयोग गर्ने तरिका सिकाउँदै महर्जन भन्छन्–“एटीएम कार्डको प्रयोग गर्ने प्रयोगकर्ताले पहिले आफूले प्रयोग गर्ने एटीएम मेसिनमा राम्रोसँग हेर्नुपर्छ, कसैले नदेख्ने गरेर पिन कोड हान्नु पर्छ, पैसा आएपछि राम्रोसँग लगआउट नभएसम्म हिडनु हुदैन र रकम आएको स्लीप त्यत्तिकै फ्याक्नु हुदैन, त्यसलाई च्यात्नुपर्छ ।” बैंकहरुले अहिले एटीएमबाट रकम चोरी हुन नदिनको लागि ग्राहकहरुलाई शिक्षित गर्ने काम गरिरहेको उनको भनाई छ ।
नक्कली एटीएम कार्ड बनाएर रकम चोरी हुने क्रम बढेपछि बैंकहरुले आफ्ना आइटी विभागका कर्मचारीहरुलाई सतर्क भएर काम गर्न भनेका छन् । त्यस्तै बैंकहरुले आफ्ना कर्मचारीहरुलाई प्रत्येक दिन विहान र बेलुका एटीएम मेसिन सफा छ कि छैन भनेर जाँच गर्न लगाएका छन् । प्रत्येक एटीएम मेसिनमा सीसी क्यामेरा हुने भएकोले त्यसको रेकर्ड रहेर शंका लागेको खण्डमा एटीएम प्रयोगकर्ता सोधपुछ समेत गर्ने गरिएको महर्जनले बताए ।
प्रहरी उपरिक्षक दीवेश लोहनी एटीएम प्रयोगकर्ता होसियार हुनुपर्ने बताउँछन् । एटीएम प्रयोगकर्ताले मेसिमा शंकास्पद बस्तुको प्रयोग भएको पाईएमा, आफ्नो पैसा चोरी भएको जानकारी प्राप्त भएमा तत्काल बैंकलाई तथा प्रहरीलाई खबर गर्न उनी आग्रह गर्छन । एसएमएस एलर्ट लिने ग्राहकले पैसा चोरी भएको छिटो जानकारी पाउने भएकोले निक्षेपकर्ता सबैले एसएमएस एलर्ट प्रयोग गर्नु राम्रो भएको उनी बताउँछन् ।
विद्युतीय (इलेक्ट्रोनिक्स) कारोबार ऐन, २०६३ को दफा ५२ अनुसार त्यसरी रकम चोरी गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने सक्ने व्यवस्था छ । त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ६ अनुसार एटीएमबाट रकम चोरी गर्नेलाई न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षसम्म कैद तथा बिगो तिर्न लगाउने व्यवस्था छ ।

