उत्कृष्ट करदाताहरु सम्मानित, सबैभन्दा बढी आय कर बुझाउने व्यक्ति सिद्धार्थ शम्शेर जबरा

<p>काठमाडौं, १ मंसिर । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई समान गरेको छ । त्यसक्रममा व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङ ग्रुप, भोटेकोशी जलविद्युत आयोजना, तारागाउँ इन्भेन्टमेन्ट लगायत कम्पनीका कार्यकारी अध्यक्ष हुन् । यसअघि पनि उनी उत्कृष्ट करदाताको रुपमा सम्पमानित भएका थिए । [&hellip;]</p>

siddhartha_rana

सिद्धार्थ शम्शेर जबरा

काठमाडौं, १ मंसिर । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई समान गरेको छ । त्यसक्रममा व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङ ग्रुप, भोटेकोशी जलविद्युत आयोजना, तारागाउँ इन्भेन्टमेन्ट लगायत कम्पनीका कार्यकारी अध्यक्ष हुन् । यसअघि पनि उनी उत्कृष्ट करदाताको रुपमा सम्पमानित भएका थिए ।

उनको कम्पनी सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । व्यापारीक कम्पनीहरु मध्ये सिप्रदीले सबैभन्दा बढी कर तिरेको राजश्व विभागले जनाएको छ ।

त्यस्तै, प्राइभेट कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सबैभन्दा बढी कर तिर्ने निर्यात कर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि समानित भएका छन् ।

त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा ओम फिड इन्ट्रष्ट्रिज पनि उत्कृष्ट करदाताबाट समानित भएको छ ।
यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, लघुवित्ततर्फ छिमेक लघुवित्त विकास बैंक र बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।

यसैगरी बीमातर्फ लाइफ इन्सुरेन्स कर्पोरेशन, रेमिटेन्सतर्फ आइएमइ र पर्यटन तर्फ तारागाउँ होटल लिमिडेट समानित भएका छन् । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम पनि सम्मानित भएको छ । ५ करोडसम्मका साना करदातामा साङ्ग्रिला इनर्जी लिमिटेड र ५ करोडदेखि ४० करोडसम्म मझौला करदाताको रुपमा शिवेक हस्पिटल समानित भएका छन् ।

आन्तरिक राजस्व विभागले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई समान गरेका छन् ।

Share News