कोटेश्वर–कलङ्की सडक निर्माणमा ढिलाई हुँदा स्थानीयलार्इ सास्ती, दाेष भूकम्प र नाकाबन्दीलार्इ

<p>ललितपुर, ३० कात्तिक । बिरामी छोरीलाई जँचाउन पाटन अस्पताल लैजान लागेकी जडीबुटी निवासी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन् । कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश राना भन्छन्, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ । झन्डै चारवर्ष [&hellip;]</p>

ललितपुर, ३० कात्तिक । बिरामी छोरीलाई जँचाउन पाटन अस्पताल लैजान लागेकी जडीबुटी निवासी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन् ।

कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश राना भन्छन्, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ ।

झन्डै चारवर्ष पहिले सुरु भएको चक्रपथ अन्तर्गतको कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा सीता र प्रकाश जस्तै धेरै स्थानीयवासी हैरान भएका छन् । काठमाडौँ र ललितपुर जिल्लालाई समेटेको चक्रपथको बढी भाग ललितपुर जिल्लामा पर्छ ।

dusty_ring_roadललितपुर जिल्लामा चक्रपथ अन्तर्गतपर्ने पूरै सडक अहिले अस्तव्यवस्त छ । बिहानदेखि बेलुका जुनसुकै समयमा आवतजावत गर्न गाह्रो भए पनि कार्यलय समयमा सडक अस्तव्यस्त हुने राना बताउँछन् । मोटरसाइकल चालकलाई धुलोका कारण ओहोरदोहोर गर्न समेत कठीन छ । उनी भन्छन् , ‘सवारी चाप अति भएको सडक भए पनि सडक चिन्ह नहुँदा दुर्घटनाको समेत उतिकै डर छ ।’ सातदोबाटोबाट कोटेश्वर जान वैकल्पिक सडकका रुपमा जावलाखेल–माइतीघर सडक छ । यो सडक लामोहुनुका साथै थापाथलीमा पनि दैनिक जाम हुने समस्या छ ।

निर्माणाधीन यही सडक अन्तर्गत बल्खु क्षेत्रमा समेत दैनिक जाम हुने गरेको छ । ठीक समयमा निस्कदा कलेज नै ढिला पुगेको अनुभव पाटन क्याम्पसमा अध्ययनरत कलङ्कीकी विद्या महतले सुनाइन् । उनी भन्छिन, ‘कलङ्कीबाट लगनखेल पुग्न पनि डेढदुुई घन्टा पहिले निस्कनुपर्ने अवस्था छ ।’ पूर्व जाने ठूला बस यही सडक हुँदै जाने भएकाले साँझको समयमा दैनिक जाम हुने गरेको छ ।

‘सडकका कारणले नागरिक मात्रै नभएर ट्राफिक प्रहरी समेत पीडित छन्।’ महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु भन्छन्, ‘यो सडकखण्डमा धुवाँ र धुलोले गर्दा काममा खटिएका टाफिक प्रहरी समेत हैरान भएका छन् ।’

sitaram_hachhethu
काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ ।

काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । उनी भन्छन्, ‘दैनिक झन्डै दुईजना ट्राफिक प्रहरी प्रदुषणका कारणले बिरामी परिरहेका छन् ।’

काठमाडौँ चक्रपथ सुधार आयोजनाले कलङ्की– कोटेश्वर सडक निर्माणको झन्डै ४८ प्रतिशत काम सकिएको बताएको छ । आयोजनाका इञ्जिनियर रमेश दृष्टिले सन् २०१७ को जुलाइसम्ममा सडक सम्पन्न लक्ष्य रहेको जानकारी दिए । चिनियाँ सहयोगमा निर्माण भइरहेको यो सडक पहिले सन् २०१६ को जनवरीसम्म सक्ने गरी सम्झौता भएको थियो । भूकम्प, नाकाबन्दी र इन्धन अभावले गर्दा केही समय ढिलाइ भएको उनको तर्क छ ।

आगामी वर्षको वर्षा पहिले पाँच किलोमिटर सडक कालोपत्रे हुने गरेर काम भइरहेको छ । अझै पनि कतिपय कार्यलयसँग समन्वय हुननसक्दा काममा ढिलाइ भएको छ । उनी भन्छन् ‘बिजुलीको खम्बा हटाउन हामीले पटक÷पटक पत्राचार गरेका छौं, तर काम भएको छैन ।’ रासस

Share News