भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड निर्धारण, नयाँ लाइसेन्स, र मलको बिक्री वितरणका लागि बाटो खुल्ला

<p>काठमाडौ, ३० कार्तिक । लामो समयको प्रयास पश्चात नेपाल मै पहिलो पटक भर्मिकम्पोष्ट मलको छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ । कृषि विकास मन्त्रीको अध्यक्षतामा सोमवार बसेको प्राँगारिक मल प्रविधिक कार्यटोलीको बैठकबाट भर्मिकम्पोष्ट मलको लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको हो । नयाँ गुणस्तर तथा मापदण्ड तयगरिएसँगै भर्मिकम्पोष्ट मलको उत्पादन अनुमति तथा बिक्री [&hellip;]</p>

काठमाडौ, ३० कार्तिक । लामो समयको प्रयास पश्चात नेपाल मै पहिलो पटक भर्मिकम्पोष्ट मलको छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ । कृषि विकास मन्त्रीको अध्यक्षतामा सोमवार बसेको प्राँगारिक मल प्रविधिक कार्यटोलीको बैठकबाट भर्मिकम्पोष्ट मलको लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको हो ।
bharmicompost_mall
नयाँ गुणस्तर तथा मापदण्ड तयगरिएसँगै भर्मिकम्पोष्ट मलको उत्पादन अनुमति तथा बिक्री वितरणको बाटो पनि खुलेको हो । यसअघि प्राँगारिक मलको हकमा एउटै कार्यविधि मात्र लागु गरिएको थियो । जसमा चिस्यान २० देखि ३० प्रतिशतसम्म कायम गरिदा भर्मिकम्पोष्ट मलकोे बिक्री वितरणमा जटिलता उत्पन्न भएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद नार्क, कृषि विकास मन्त्रालय, माटो विज्ञ, लगायतका विभिन्न अनुसन्धानको आधारमा पेश गरिएको प्रतिवेद अनुसार भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड तय गरिएको हो ।

नयाँ गुणस्तर तथा मापदण्ड अनुसार अब मलको नाइट्रोजन २ प्रतिशत, फस्फोरस ० दशमलव ७५ प्रतिशत, पोटास २ प्रतिशत र चिस्यान २० देखि बढीमा ४० प्रतिशतसम्म रहने गरि निणर्य गरिएको बैठकमा सहभागी प्रविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक बिष्णु प्रसाद भटट्राईले जानकारी दिए ।

झण्डै पाँच वर्षदेखि देखिएको भर्मिकम्पोष्टको गुणस्तर तथा मापदण्ड बारे देखिएको विवाद अब अन्त्य भएको दिपक भर्मिकम्पोष्ट मल प्रालिका सञ्चालक दिपक थापाले जानकारी दिए । भर्मिकम्पोष्टलको गुणस्तर तथा मापदण्ड कुनै व्यक्तिले बोलेको भरमा नभई विभिन्न अध्यन तथा नार्क लगायतका विभिन्न अनुसन्धाले प्रमाणित गरेपछि बैठकमा निणर्य भएको प्रविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक भट्टराईको भनाई छ ।

बैठकले विभिन्न अध्यन तथा अनुसन्धान गर्न वरिष्ठ माटो विज्ञ जनार्दन खड्काको संयोजकत्वमा प्राविधि उपसमिति पनि गठन गरेको छ । उपसमितिका सदस्यमा हिकाष्टका उपप्रध्यापक बिष्णु प्रसाद भटट्राइ र नार्कका वरिष्ठ वैज्ञानिक श्रीप्रसाद बिष्ट रहेका छन् ।

बैठकमा कृषि विभागका महानिर्देशक युवकध्वज जिसी, माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा प्रसाद दवाडी, नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तगर्तका माटो विज्ञान महाशाखाका प्रमुख कमल साह, वरिष्ठ माटो विज्ञ जनार्दन खड्का, वरिष्ठ कृषि अर्थ विज्ञ दिवसराज बिष्ट, नार्कका वैज्ञानिक यज्ञराज गिरी, नार्कका सानुकेसरी बज्राचार्य, हिकाष्टका बिष्णु भट्टराई लगायतकाहरुको सहभागिता रहेको थियो ।

Share News