काठमाडौं ३० कात्तिक । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शाखा प्रवन्धकहरुको लागि समीक्षा गोष्ठि तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा रहेको धुलिखेल तालिम केन्द्रमा २०७३ कार्तिक २८ र २९ गते संचालित उक्त २ दिने कार्यक्रम शाखा प्रवन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको हो । 
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले कर्मचारीहरु संस्थाको सम्पत्ती भएको तथा शाखा प्रवन्धकहरु केन्द्रिय कार्यालयको प्रतिनिधि भएकोले सोही अनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । विशेषगरी शाखा प्रवन्धकहरुले लघुवित्तीय लगायत समग्र वित्तीय क्षेत्रको ज्ञान राख्नुपर्ने र बजार अत्यन्त प्रतिस्पर्धी भएकाले आफुले गर्ने हरेक कामहरु नौलो तरिकाले गर्नुपर्ने बताए ।
२ दिन सम्म चलेको सो कार्यक्रममा आफनो शाखा अन्तर्गत आ. व. २०७३\०७४ को पहिलो त्रैमासिकको लक्ष्य तथा प्रगतिको समिक्षा, कार्यक्रम संचालनको दौरानमा आइपरेका चुनौतीहरु, त्यसको समाधानहरु तथा आगामि दिनको रणनीतिहरुको बारेमा छलफल गरियो । साथै उक्त कार्यक्रममा शाखा प्रवन्धकहरुको क्षमता अभिवृद्धिका लागि वित्त, कार्यक्रम, प्रशासन तथा व्यवस्थापन सम्वन्धि ४ वटा विधामा प्रस्तुतिहरु गरिएका थिए । कार्यक्रममा शाखा प्रवन्धकहरु ११ सहित १५ जनाको उपस्थिती रहेको थियो ।