कुलेखानी नचलाई उपत्यका लोडसेडिङमुक्त भएको प्राधिकरणको भनाइ, भएको विद्युत् व्यवस्थित गरिएको दाबी

<p>काठमाडौं ३०, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको [&hellip;]</p>

काठमाडौं ३०, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । kathmandu-valley

लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिँ कम रहेको प्राधिकरणले जनाएको छ ।

सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् ।
नयाँ पत्रिका दैनिकबाट ।

Share News