कुमारी बैंकद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

<p>काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत हकप्रदल सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । विषेष साधारणसभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा [&hellip;]</p>

काठमाडौं, २९ कात्तिक । कुमारी बैंकको बिशेष साधारण सभाद्धारा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैंककोद विषेष साधारण सभाले चुक्तापुँजी आठ अर्व पुर्याउनको लागि लगानीकर्तालाई ५० प्रतिशत हकप्रदल सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।pjj_8362-final

विषेष साधारणसभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्रमा शंसोधन प्रस्ताव समेत सर्व सम्मतिले पारित गरेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४ अर्ब ५ करोड पुग्नेछ । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

नेपाल राष्ट बैंकले २०७४ साल आषाढ मसान्त भित्र वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन दिएको निर्देशन अनुरुप चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसैगरी, कुमारी बैंक लिमिटेडले यसअघि नै काष्ठमण्डप डेभलपमेन्ट बैंक लि., पश्चिमाञ्चल फाइनान्स कम्पनी लि., महाकाली विकास बैंक लि. र काँक्रेबिहार विकास बैंक लि.लाई प्राप्ति (एक्वायर) गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

बैंकले चार वटा संस्थाहरुको प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढनुका साथै शाखा संजाल, निक्षेप, कर्जा आदिमा बृद्धि हुने जनाएको छ । उक्त प्राप्ति पछि बैंकको शाखा संजाल ७४ पुग्ने छ भने बैंकको निक्षेप र कर्जा लगानी क्रमशः करिब रु. ५० अर्ब र रु.४० अर्ब हुनेछ ।

Share News