बढेरै बन्द भयो नेप्से, एभरेष्ट बैंकको सेयरमा नै खनिए लगानीकर्ता

<p>काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ ।  विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल [&hellip;]</p>

काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ ।

nepse विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल ७ दशमवल शुन्य ९ अंकले, फाइनान्स ७ दशमलव ६२ अंकले, विमा ४३ दशमलव २५ अंकले र उत्पादनमूलक १२ दशमलव ५५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव २८, जलविद्युत ३ दशमलव ५६ र अन्य १ दशमलव ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
यसदिन सवैभन्दा धेरै कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक लिमिटेड रहेको छ ।

बैंकको दिनभरमा १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ७५ लाख, शिखर इन्सुरेन्स कम्पनी ६ करोड र बैंक अफ काठमाडौं लुम्वीनी लिमिटेले चार करोडको कारोबार गरेका छन् ।
गरिमा विकास बैंक र अरुण फाइनान्सले करिव १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै नागवेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रभु इन्सुरेन्स लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक,बेष्टर्न डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताहरु रहेका छन् ।

Share News