खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै विप्लप नेतृत्वको माओवादीको नेपाल बन्द, बन्दले निजी क्षेत्र प्रभावित

<p>काठमार्डाैं २८, कात्तिक । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आज नेपाल बन्द आयोजना गरेको कारण उपत्यकासहितका देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्द आयोजना आव्हानले बिहानैदेखि सार्वजनिक सवारी साधन सडकमा देखिएका छैनन् भने केही निजी मोटरसाइकल र ट्याक्सीहरू मात्रै सडकमा चलिरहेका छन्। सार्वजनिक सवारी साधन नचल्दा यात्रुल सास्ती बेहोर्नु परेको छ। [&hellip;]</p>

काठमार्डाैं २८, कात्तिक । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आज नेपाल बन्द आयोजना गरेको कारण उपत्यकासहितका देशैभरको जनजीवन प्रभावित बनेको छ ।

बन्द आयोजना आव्हानले बिहानैदेखि सार्वजनिक सवारी साधन सडकमा देखिएका छैनन् भने केही निजी मोटरसाइकल र ट्याक्सीहरू मात्रै सडकमा चलिरहेका छन्। सार्वजनिक सवारी साधन नचल्दा यात्रुल सास्ती बेहोर्नु परेको छ।

बन्दको प्रभावले निजी क्षेत्र सबैभन्दा धेरै प्रभावित हुने गरेको छ । दैनिक मजदुरी गर्नेदेखि निजी क्षेत्रका साना व्यापार व्यवसायदेखि ठूला उद्योग कलकारखानपनि ठप्प हुँदा एउटै बन्दबाट देशले अर्बौ रुपैयाँको क्षति व्यवहोनुपर्ने निजी क्षेत्रका व्यवसायीको भनाइ छ ।

प्रहरीले भने आइतबार विहानैदेखि बन्द गराउँदै हिड्ने नेकपा (माओवादी) का करिब ५ दर्जन कार्यकर्तालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका अनुसार कालीमाटी, बानेश्वर, रत्नपार्क, महाराजगञ्जमा बन्द गराउन चोकमा भेला भएका उनीहरूलाई पक्राउ गरिएको बताए। अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उनले बताए। प्रहरीले काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारेको छ। उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

Share News