शुक्रबार मात्रै १३ लाख कित्ता बोनस र २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, २६ कात्तिक । शुक्रबार मात्रै १३ लाख ६९ हजार ५६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन २० लाख २९ हजार ४६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । भक्तपुर फाइनान्स कम्पनीको १ लाख १० हजार कित्ता र बाग्मती डेभलपमेन्ट बैंकको ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत [&hellip;]</p>

listing_shareकाठमाडौं, २६ कात्तिक । शुक्रबार मात्रै १३ लाख ६९ हजार ५६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन २० लाख २९ हजार ४६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

भक्तपुर फाइनान्स कम्पनीको १ लाख १० हजार कित्ता र बाग्मती डेभलपमेन्ट बैंकको ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, हाम्रो विकास बैंकको एक लाख ५९ हजार ५६५ कित्ता, कर्नाली डेभलपमेन्ट बैंकको २ लाख कित्ता र नेपाल कम्यूनिट डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता गरि सो मात्रामा बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, नेपाल कम्यूनिट डेभलपमेन्ट बैंककै १० कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । हकप्रद सेयरमा बुटवल पावर कम्पनीको एक लाख ८८ हजार ९३० कित्ता, सानिमा बैंकको एक लाख ६८ हजार ५३२ कित्ता र सिर्जना फाइनान्सको ६ लाख ७२ कित्ता सेयर नप्सेमा सूचिकृत भएको छ ।

Share News