काठमाडौं, २६ कात्तिक । भारत र चीनकाखलागि नवनियुक्त नेपाली राजदूतद्वय क्रमशः दीपकुमार उपाध्याय, लिलामणी पौडेल र चेम्वर पदाधिकारीबीच आर्थिक कुटनीतिका विषयमा छलफल भएको छ । नवनियुक्त राजदूतद्वयलाई नेपाल चेम्वर अफकमर्समा स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष डा. राजेश काजी श्रेष्ठले छिमेकी देशहरुमा निर्यात बढाउन र लगानी भित्र्याउन आर्थिक कुटनीतिको प्रभावकारी भूमिका रहने हुदाँनिजी क्षेत्रले नवनियुक्त राजदूतहरुबाट ठूलो अपेक्षा गरेको बताए ।

अध्यक्ष श्रेष्ठले भारत र चीनसंग नेपालको ठूलो व्यापार घाटा रहेको बतााउंदै भारतसंग सम्पन्न सन्धी सम्झौता कार्यान्वयन गर्न राजदूत दीपकुमार उपाध्यायको ध्यानाकर्षण गराए । अध्यक्ष श्रेष्ठले कोलकातामा कन्टेनर रोकिदां बस्तुको लागत वृद्धि हुन गएको तर्फ ध्यानाकृष्ठ गराउंदै विशाखापटनम बन्दरगाहलाई प्रभावकारी बनाउन राजदूतदीपकुमार उपाध्यायलाई अनुरोध गरे ।
अध्यक्ष श्रेष्ठले चीनले प्रदान गर्दै आएको भन्सार सुविधाको अधिकतम सदुपयोग गर्न तथा चिनीया पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न, तातोपानी नाका संचालनमा ल्याउन र सुवागढी र स्याफ्रुवेशीसडक निर्माणमा राजदूत लिलामणी पौडेलको ध्यानाकर्षण गराएका छन् ।
राजदूतहरुले मुलुकको आर्थिक सम्वृद्धिका लागि आफूले दुई देश बीच पुलको निर्वाह गर्ने बताउंदै आफूले क्षमताले भ्याएसम्म लागी पर्ने बताएका छन् ।
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपालमा बहुराष्ट्रिय कम्पनीहरुले अपेक्षित सफलता हासिल गरिरहेको दृष्टान्त दिदैं नेपाल लगानीको लागि उपयुक्त स्थान रहेको बताए । त्यसैगरी चीनकालागि नेपाली राजदत लिलामणी पौडेलले चीनमा नेपाली उत्पादनहरुको माग राम्रो रहेको जानकारी गराउंदै नेपाली उत्पादनहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्नु पर्ने बताए ।
कार्यक्रममा चेम्वरका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र रत्नतुलाधर, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेश कुमार अग्रवाल, कोषाध्यक्ष राजेन्द्र अर्याल, सचिव निलकण्ठ चौंलागाई, देवेन्द्र भक्तश्रेष्ठ, सन्तोष कुमार पाण्डे, सह कोषाध्यक्ष राजारत्न तुलाधर लगायत कार्यसमिति सदस्यहरुले भारत र चीनसंगको व्यापार अभिवृद्धि गर्न विभिन्न सुझावहरु दिएको चेम्बर अफ कमर्शले जनाएको छ ।