काठमाडौं, २६ कात्तिक । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कलैया,बारा जिल्लाको कलैयामा छैठौं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाबाट एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विप्रेशन सेवा सुविधा तथा डीपी सेवा समेत रहेको फाइनान्स कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । फाइनान्सले चाडै नै दमक तथा जितपुरमा थप शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।
गत असार मसान्तसम्ममा निक्षेप संकलन २ अर्ब १७ करोड तथा कर्जा १ अर्ब ७९ करोड प्रवाह गरेको यस वित्तीय संस्थाको चुक्ता पूँजी ५०प्रतिशत हकप्रद सेयर तथा १२ प्रतिशत बोनस सेयर जारी पश्चात ४९ करोड ३९ लाख रुपैयाँ हुने बताइएको छ ।