प्रभु बैंकले ३ महिनामा २८ करोड कमायो, गत वर्षभन्दा ८ प्रतिशतले बढी

<p>काठमाडौं, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ८ प्रतिशतले बढी हो । तीन महिनामा कर र बोनस अघिको नाफा ५० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस बैंकको विजनेश [&hellip;]</p>

prabhu-bankकाठमाडौं, २६ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २८ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ८ प्रतिशतले बढी हो । तीन महिनामा कर र बोनस अघिको नाफा ५० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस बैंकको विजनेश साइजमा भने उल्लेख्य वृद्धि देखिएको छ । बैंकको निक्षेप ६५ अर्ब २९ करोड रुपैयाँ छ । कर्जा प्रवाह ५१ अर्ब ७४ करोड रुपैयाँ छ भने लगानी ७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ५ अर्ब ८८ करोड रहेको यस बैंकको संचित कोषमा ५५ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ ।

गत तीन महिनामा बैंकको खराब कर्जा ८.३८ प्रतिशतबाट घटेर ७.५४ प्रतिशतमा झरेको छ । बैंकमा कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ भने क्यापिटल एडेक्वेशी १०.५१ प्रतिशत रहेको छ ।

Share News