ग्लोबल आईएमई बैंक र अार्इएफसीबीच सहकार्यको प्रयास

<p>काठामडौं, २६ कात्तिक । ग्लोबल आईएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनकासँग साझेदारीको प्रयास थालेको छ । यसै क्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन बीच एक आपसमा व्यवसायिक सहयोग आदान प्रदान गर्ने विषयमा कुराकानी [&hellip;]</p>

काठामडौं, २६ कात्तिक । ग्लोबल आईएमई बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनकासँग साझेदारीको प्रयास थालेको छ । यसै क्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटघाट भएको छ । उनीहरुबीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन बीच एक आपसमा व्यवसायिक सहयोग आदान प्रदान गर्ने विषयमा कुराकानी भएको बैंकले जनाएको छ ।
globle_ime_ifc
भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिति रहेको थियो । इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघ संस्थाहरुसंगको सहकार्यमा विभिन्न संघ संस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायिक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।

Share News