भारतीय नोट प्रतिबन्धको असर व्यापारीदेखि सर्वसाधारणसम्म

<p>नेपालगन्ज, २५ कात्तिक । भारत सरकारले गत मङ्गलबार रातिदेखि चलन चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् । विशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध बनेका छन् । भारु ५०० र एक हजारका भारत [&hellip;]</p>

नेपालगन्ज, २५ कात्तिक । भारत सरकारले गत मङ्गलबार रातिदेखि चलन चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् ।

indian_rs_bandविशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध बनेका छन् । भारु ५०० र एक हजारका भारत पुगेका पर्यटक, व्यापारी र उपचार गराउने नेपाली पनि अलमलमा परेका छन् ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले नेपाली नागरिकसँग रहेको भारु ५०० र एक हजारको नोट सटही गर्न आवश्यक पहल भइरहे पनि सरकार र केन्द्रीय कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए ।

भारत सरकारको एक्कासि आएको यो निर्णयले यहाँका व्यापारी, उद्योगपति तथा सर्वसाधारण नागरिकमा पनि चिन्ता छाएको उद्योग वाािणज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । रासस

Share News