काठमाडौं, २५ कात्तिक । मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाको हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले मञ्जुश्रीलाई एक बराबर १ सय ७५ प्रतिशत तथा नमस्ते वित्तीय संस्थालाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।
मञ्जुश्रीले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । त्यस्तै, नमस्ते वित्तीय संस्थाले पनि जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।