भूकम्प पीडित उपत्यकाबासीको लागि साढे ३ अर्ब रुपैयाँ निकासा, प्रति परिवार ५० हजार भुक्तानी तत्काल

<p>काठमाडौं, २४ कात्तिक । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान रकम ५० हजार रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ [&hellip;]</p>

काठमाडौं, २४ कात्तिक । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अनुदान प्राप्त गर्ने छनौटमा परी अनुदान सम्झौता गरेका घरधनीहरुलाई पहिलो किस्ता अनुदान रकम ५० हजार रुपैयाँ उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई ३ अर्ब ५७ करोड ८० लाख ५८ हजार रुपैयाँको अख्तियारी प्रदान गरेको छ ।

उपत्यकामा अनुदान सम्झौता जारी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार कार्तिक २३ गतेसम्म ३ हजार ७७ घरधनीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौताका लागि काठमाडौंमा ४२ हजार ५ सय, ललितपुरमा २४ हजार १ सय २८ र भक्तपुरमा २४ हजार ९ सय घरधनीको नाम पहिचान भई स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईमा पठाइसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिएका छन् ।

Share News