
प्रकृतिको उपहार स्वर्गको बगैँचा रारा ।
कान्जिरोहा शिरको हिमालको चाँद टल्कन्छ टलक्क ।।
ईन्द्रेणी झै बदल्छौ सप्तरुपी रँग झलक झलक ।
तिजा र सिँजाको मिलनले देखाउँछ मानव सभ्यताको चलन।।
स्वर्गको बगैँचाको बार्दलीबाट तिमीलाई निहाल्दा बल्दछौ धपक धपक ।
विउझाउँछौ मृत्यू तुल्य सारालाई तिम्रो विविध रंगले ।।
नासिय नासिन्छन जगतमा कति तिम्रो मोहनी रुपले।
प्रकृतिले सिँगारेको त्यो स्वर्गको बगैँचा रारा अभिनासी।
सदावहार जवानीको सन्देश दिन्छ सारालाई गरौँ दर्शन रारालाई ।।

कवि नगर विकास कोषका उपप्रबन्धनक हुन् ।