अब दरबार हत्याकाण्ड भएको ठाउँ प्रत्यक्ष हेर्न पाइने, त्रिभुवन सदनका सामग्री खोजी गरिँदै

<p>काठमाडौं २१, कात्तिक । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए । तत्कालिन युवराज स्वर्गीय दिपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा ज्ञानेन्द्रले जलाउन लगाएका थिए । बाँकी भएका केही सामग्री [&hellip;]</p>

काठमाडौं २१, कात्तिक । तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ साल असारमा सप्ताह लगाएर दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काएका थिए । त्रिभुवन सदन भत्काएपछि त्यहाँको इटालगायतका भवनमा प्रयोग हुने सामग्री फरास खानामा खाल्डो खनेर पुर्न लगाएका थिए ।

तत्कालिन युवराज स्वर्गीय दिपेन्द्रको खाट र मेट्रेसलगायत केही कपडा ज्ञानेन्द्रले जलाउन लगाएका थिए । बाँकी भएका केही सामग्री नारायणहिटीको विभिन्न कक्षमा ज्ञानेन्द्रले नै राख्न आदेश दिएका थिए ।narayanhiti-palace-museum-k

त्रिभुवन सदनको विलियार्ड हलमा हत्याकायड हुँदा बिच्छ्याइएको गलैंचामा रगत लत्पतिएको कारण सो गर्लैंचा स्टोरमै राख्न लगाइयो ।

तर कुन स्टोरमा कस्तो हालतमा छ खुल्न सकेको छैन् । त्रिभुवन संग्राहलय भत्काएको एक दशकपछि बल्ल भित्रुवन सदन तयार भएको छ ।

तत्कालीन युवराज दीपेन्द्रको कोठा भने नबन्ने भएको छ । ‘हामी सामानको खोजीमा छौं,’ सबै स्टोरमा दरबार हत्याकाण्डमा भएका सामग्री खोजी गरिरहेका छौं ।नारायणहिटी संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले भने । नेपाल समाचारपत्र दैनिकबाट

त्रिभुवन सदनका सामग्री खोजी गरिँदै
पुनःनिर्माण कार्य सम्पन्न गरिएको त्रिभुवन सदनमा राखिने सामग्रीको खोजी कार्य थालिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले त्रिभुवन सदनको भित्री स्वरूप पनि साबिकको बनाउने प्रयास गर्न लागिएको जानकारी दिँदै भने, ‘घटनाका बखत त्यहाँ भएका सामग्री केही फेला परेका छन् र केही बेपत्ता पारिएका छन् । खोजी कार्य थालेका छौँ । त्रिभुवन सदनको भित्री स्वरूपलाई सक्दो दुरुस्त बनाउने प्रयासमा छौँ ।’ गोरखापत्रबाट दैनिकबाट ।

Share News