उडान गर्नै लाग्दा श्रीको हेलिकोप्टर माटोको ठिक्कोमा ठोक्कियो, घटना सामान्य भएको विमानस्थल कार्यालयको भनाइ

<p>काठमाडौं २०, कात्तिक । काठमाडौं विमानस्थलमा उडान गर्नै लाग्दाश्रीको हेलिकोप्टर माटोको ठिक्कोमा ठोक्किएको छ । एक फिट अग्लो माटोको ठिक्कोमा पछाडिको पंखाले छोएको श्री एयरको हेलिकोप्टर आवश्यक मर्मतपछि तुरुन्तै उडान पनि सुरु भएको छ । सामान्य घटना भएको मर्मत भएर उडेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए उनका अनुसार श्री को एसए ३५० बी३ [&hellip;]</p>

काठमाडौं २०, कात्तिक । काठमाडौं विमानस्थलमा उडान गर्नै लाग्दाश्रीको हेलिकोप्टर माटोको ठिक्कोमा ठोक्किएको छ । एक फिट अग्लो माटोको ठिक्कोमा पछाडिको पंखाले छोएको श्री एयरको हेलिकोप्टर आवश्यक मर्मतपछि तुरुन्तै उडान पनि सुरु भएको छ ।

सामान्य घटना भएको मर्मत भएर उडेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए उनका अनुसार श्री को एसए ३५० बी३ ई नामक ६ सिट क्षमताको हेलिकोप्टर विना यात्रु उडान गर्नै लाग्दा प्रोटेक्टर (पंखालाई अड्याउनका लागि राखिएको) माटोको सामान्य ढिस्कोमा ठोकिएको थियो ।

घटना समान्य भएकोले पनि यो वायुसेवाले आवश्यक मर्मत गरेर उडान सुरु गरेको उनले बताए । काठमाडौंबाट जिरी उड्ने क्रममा श्री एयरको हेलिकोप्टको पछाडिएको प्रोटेक्टर सामान्य रुपमा ठोकिएको हो । सामान्य चेक अप पछि उक्त हेलिकोप्टर गन्तव्यतर्फ गएको पनि ठाकुरले बताए ।

यात्रु नै नभएको हेलिकोप्टर उडान गर्ने लाग्दा पंखाले माटोमा छोएको सामान्य घटना भएकोले सामान्य मर्मतबाटे उडान गर्न सकेको श्री एयरलाईन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

Share News