भारतीय राष्ट्रपति बुद्ध एयरबाट माउन्टेन फ्लाईटमा, गौरीशंकर र सगरमाथा हेरेर भारत फर्किएर

<p>काठमाडौं २०, कात्तिक । बुद्ध एयरको जहाजमार्फत भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गौरीशंकर र सगरमाथा हिमश्रृंखलाको अवलोकन गरेका छन् । बुद्धले माउन्टे फ्लाइटसहितको सुविधा दिएर काठमाडौंबाट जनकपुर र जनकपुबार पोखरा हुँदै काठमाडौं ल्याएको छ । उपलब्ध वायुसेवाका विकल्पमध्ये भारतीय राष्ट्रपति मुखर्जी तथा भ्रमणदलका सदस्यहरुले आन्तरिक उडानमा बुद्ध एयरलाई छनोट गरेका थिए । मुखर्जीको तीन दिने नेपाल [&hellip;]</p>

काठमाडौं २०, कात्तिक । बुद्ध एयरको जहाजमार्फत भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गौरीशंकर र सगरमाथा हिमश्रृंखलाको अवलोकन गरेका छन् । बुद्धले माउन्टे फ्लाइटसहितको सुविधा दिएर काठमाडौंबाट जनकपुर र जनकपुबार पोखरा हुँदै काठमाडौं ल्याएको छ ।

उपलब्ध वायुसेवाका विकल्पमध्ये भारतीय राष्ट्रपति मुखर्जी तथा भ्रमणदलका सदस्यहरुले आन्तरिक उडानमा बुद्ध एयरलाई छनोट गरेका थिए । मुखर्जीको तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रवार बिहान काठमाडौंबाट जनकपुर तथा जनकपुरबाट पोखरा हुँदै काठमाडौं फर्किने कार्यक्रम थियो ।

भारतीय राष्टपतिलाई बुद्ध एयरले मायाको चिनो प्रदान गर्दै

भारतीय राष्टपतिलाई बुद्ध एयरले मायाको चिनो प्रदान गर्दै

हवाई यात्राका क्रममा बुध्द एयरले महामहिमलाई धार्मिक तथा पर्यटकीय हिमश्रृंखलाहरु गौरीशंकर, गणेश तथा सगरमाथा, मकालु, मनास्लु, माछापुच्छ«ेलगायत अन्य हिमालको पनि अवलोकन गराएको थियो । यसका लागि बुद्ध एयर अहरोत्र व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेको एयरलाईन्सका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए ।

भ्रमणलाई सहज र सुरक्षित बनाउन बुद्धले एटीआर ४२ नामक ४७ सिट क्षमताको दुई जहाजहरुलाई पूर्ण तयारी गरेको थियो ।

जनकपुर तथा पोखरामा आफ्ना प्राविधिक तथा व्यवस्थापकीय कर्मचारीहरुको टोली नै खटाएको थियो ।

भ्रमणबाट नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि थप टेवा पुग्ने निर्देशक बस्नेतको भनाइ छ । गणतान्त्रिक मुलुक भारतको ‘प्रथम नागरिक’लाई सेवा प्रदान गर्न पाउँदा बुद्ध एयर गौरवान्वित भएको पनि बुद्ध एयरले शुक्रबार बेलुका जारी गरेको एक विज्ञप्तीमा उल्लेख छ । मुखर्जी शुक्रबार बेलुका नै भारत फर्किएका छन् ।

Share News