भारतीय राष्ट्रपतिको सम्मानमा १० करोड खर्च हुने अनुमान, धुर्मुस र सुन्तलीले निर्माण गरेको नमूना बस्ती भन्दा महँगो

<p>काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान नेपाल सरकारले गरेको छ । भ्रमणका क्रममा अहिलेनै सबै खर्च विवरण नआएपनि भ्रमणका क्रममा गरिएको तयारी तथा बसाइलगायतका खर्चले यति रकम पुग्न सक्ने अनुमान नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले गरेका हुन् । अधिकारीहरुले खाना, खाजा, स्वागतद्वार, होटेल [&hellip;]</p>

काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने भ्रमणका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान नेपाल सरकारले गरेको छ । भ्रमणका क्रममा अहिलेनै सबै खर्च विवरण नआएपनि भ्रमणका क्रममा गरिएको तयारी तथा बसाइलगायतका खर्चले यति रकम पुग्न सक्ने अनुमान नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले गरेका हुन् । अधिकारीहरुले खाना, खाजा, स्वागतद्वार, होटेल खर्च, गाडी र जहाज भाडा, तेल, सुरक्षालगायतका खर्चमा सो खर्च हुने अनुमान गरेको हो ।

भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी

भ्रमणको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो भने भ्रमणमा भएको खर्च सबै अर्थ मन्त्रालयले बेहोर्ने छ । ‘हाल भएको खर्चको बिल, भरपाई तथा कागजातका आधारमा उक्त खर्च बेहोर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

जहाज तथा खानपीनमा बढी खर्च हुने अनुमान अर्थ तथा परराष्ट्र मन्त्रालयले गरेको छ । राष्ट्रपति मुखर्जीसँग आएका भारतीय पहुना तथा उनीसँगै जनकपुर तथा पोखरा जाने नेपालीका लागि आज बुद्ध एयरको दुई वटा भाडामा लिएको छ । मुखर्जीसँग ६० जना पाहुँनाआएका छन् । जहाजका लागि अतिबढी खर्च हुँदै छ भने बसोबास तथा खानपान गरी सबै खर्चलाई एकिकृत गर्दा करिब १० करोड रुपैयाँ भेट्ने अनुमान गरिएको हो ।

डेढ वर्षअघि गएको भूकम्पका कारण अधिकांश भुकम्प पीडित संघारमा आएको जाडो पालमुनिनै विताउन वाध्य रहको अवस्थामा अथिति सत्कारमा भएको ठूलो खर्चलाई स्वभाविक मान्न नसकिने अधिकारीहरु बताउँछन् ।

एकातिर भूकम्प पीडित जनता यो जाडोमा पनि कठाङ्ग्रिने अवस्थामा पुगेका छन् भने सरकार भने भीभीआईपीको सम्मान तथा स्वागतमा व्यस्त छ । तिहार यता प्राय अधिकांश सरकारी कार्यालयमा काम सुचारु हुन सकेको छैन । देशलाई नै ठप्प जस्तै पारेर सरकार एकसाताअघिदेखि राष्ट्रपति आगमन र भ्रमणको तयारीको व्यवस्थापनमा जुटेको छ ।

अहिले राष्ट्रपतिको भ्रमणमा गरिएको तामझाममा लागेको खर्चलाई एकत्रित गर्दा सो खर्चले धुमुस सुन्तलीले निर्माण गरेका जस्ता १ सयभन्दा बढी घर निर्माण देखिएको छ । उनीहरुले एउटा घर करिब ७ लाखमा निर्माण गरेको बताएका छन् । यदि प्रतिघर १० लाखसम्मका दरले खर्च गरेर बनाउँदा पनि एक सयभन्दा बढी घर बन्ने अनुमान सरकारी उच्च अधिकारीले नै गरेका हुन् ।

Share News