उपत्यकाका तीन जिल्लामा ९४ हजार भूकम्प पीडितलाई घर बनाउन तीन लाख, अनुदान सम्झौता सुरु

<p>काठमाडौं, १९ कात्तिक । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाका ९४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि ३ लाख रुपैंयाँ दिने भएको छ । उपत्यकाको घरधुरी सर्वेक्षणबाट ९४ हजार परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको हो । ‘उपत्यकाका तीन जिल्लाको घरधुरी सर्वेक्षण सकिएको छ, ९४ हजार परिवारलाई लाभग्राहीको सूचिमा राखेका छौं र धमाधम सूचि प्रकाशित भैरहेको [&hellip;]</p>

new_nepal_new_houseकाठमाडौं, १९ कात्तिक । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लाका ९४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि ३ लाख रुपैंयाँ दिने भएको छ । उपत्यकाको घरधुरी सर्वेक्षणबाट ९४ हजार परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको हो । ‘उपत्यकाका तीन जिल्लाको घरधुरी सर्वेक्षण सकिएको छ, ९४ हजार परिवारलाई लाभग्राहीको सूचिमा राखेका छौं र धमाधम सूचि प्रकाशित भैरहेको छ’, संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख गणेश वस्तीले विकासन्युजसँग भने ।

आयोजनाले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा धमाधम अनुदान सम्झौताको कामलाई अघि बढाएको छ । जस अनुसार तारकेश्वर नगरपालिकामा कात्तिक ११ गतेबाटै अनुदान सम्झौता आरम्भ गरिएको छ भने कार्यबिनायक नगरपालिकामा कात्तिक १८ गतेबाट काम अघि बढेको छ । त्यस्तै, शंकरापुर नगरपालिकामा पनि अनुदान सम्भौता सुरु भैसकेको छ ।भक्तपुर जिल्लामा भने शुक्रबारबाट अनुदान सम्झौता सुरुहुने आयोजना प्रमुख वस्तीले जानकारी दिए ।

वस्तीले लाभग्राहीको विवरण प्रकाशित गर्न सम्बन्धीत वडा कार्यालयहरुलाई निर्देशन दिइसकिएको बताए । लाभग्राहीको विवरण प्रकाशित गरेसँगै आवश्यक कागजात जुटाएर नगरपालिकाका वडा कार्यालय र गाबिसहरुमा अनुदान सम्झौता गर्न सकिन्छ । उपत्यकाका तीनै जिल्लाका भूकम्प पीडितलाई मंसिरको पहिलो सातादेखि निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने लक्ष्य अनुसार काम अघि बढिरहेको पनि उनले जानकारी दिए ।

Share News