प्रभु बैंकको नयाँ शाखा तनहुँको दुलेगौडामा सञ्चालन

<p>काठमाडौं, १२ कात्तिक । प्रभु बैंकले शुक्रबारदेखि आफ्नो नयाँ शाखा तनहु जिल्लाको दुलेगौडामा सञ्चालन गरेको छ । उक्त स्थानमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका [&hellip;]</p>

काठमाडौं, १२ कात्तिक । प्रभु बैंकले शुक्रबारदेखि आफ्नो नयाँ शाखा तनहु जिल्लाको दुलेगौडामा सञ्चालन गरेको छ । उक्त स्थानमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

prabhu_bank_new_branch_tana

एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरेका हुन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Share News