सहयोगी विकास बैंकले २२ प्रतिशत बोनस दिने, ३५ प्रतिशत हकप्रद पनि

<p>काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर [&hellip;]</p>

काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ ।

sahayogi_bikas_bank

उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।

बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ गतेसम्म बन्द हुने भएको छ ।

हाल बैंकको चुक्ता पूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३१ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर करिब ३९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Share News